‘नेपाल मेघा स्टार’ प्रतियोगिता हुने, विजेतालाई २० लाख र कार


२ चैत्र २०७४, शुक्रबार
nanan

काठमाडौं: नेपालमा ठूलो प्रतियोगिता अहिले सम्म सम्पन्न भएको मध्ये ‘नेपाल आइडल’ हो । नेपाल आइडल फ्रेण्च्वाइज भएको थियो । त्यस्तै ठूलो प्रतियोगिता हुने भएको छ । तर, फ्रेनच्वाइच भने होइन । प्रतियोगिता आउँदो वैशाख देखि सुरु हुने भएको छ ।

nanan

ओमेगा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताको नाम ‘नेपाल मेघा स्टार’ छ । भने प्रतियोगिताको किसिम अभिनय रहने छ । उक्त प्रतियोगितामा विजेताले नगद २० लाख र एउटा कार पाउने छन् । साथै विजेतालाई एउटा सिनेमामा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाउने छ ।

अडिसनको मिति तोकी नसके पनि नेपालको सातै प्रदेशमा हुने भएका छन् । कार्यक्रमको निर्णायक निर्देशक निश्चल बस्नेत, २००२ को मिस नेपाल माल्भिका सुब्बा र अभिनेता सोभित बस्नेतले गर्ने छन् । भने कार्यक्रम सन्तोष लामाले सञ्चालन गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७