कञ्चनजंघा तिमी अझै चुलिन्छौ
कविता
-ओमप्रकाश घिमिरे
कञ्चनजंघा तिमी अझै चुलिन्छौ
हिमाल हिडेको गाई हिमाल नपुगी थाक्दैन
फुलिसकेको आँप समय नपुगी पाक्दैन
हरेस नखानु कञ्चनजंघा
हिमाल नपुगी अझै चुलिन्छौ
श्री अन्तु बाट झुल्किने घाम तिमिलाई नहेरी अन्त डुल्दैन
काखमा फुल्ने गुँरासहरुले थप्दै जानेछन सुन्दरता
देश छोड्न बाध्य हुनेछैनन कोशी र कर्णालीहरु
आफ्नो सिमानामा ठाडो शिर गरेर उभिनेछन्
सुस्ता लिपुलेक
उत्साहको दाहिने हात हल्लाईरहेछ सगरमाथा
साहस गर्नु कञ्चनजंघा तिमी अझै चुलिन्छौ
हिमाल अग्लो भएकैले ठोक्किन्छन् वतासका झोक्काहरु
तिम्रो शिर हेर्दा टोपी झरेपछि डाह गछर्न पहाडहरु
तिम्रो उचाईले तहसनहस भएकाछन्
आफुलाई सुमेरु ठान्ने टाकुराहरु
तिमीलाई ढुंगा हान्छन् चिथोर्छन्
तिमिलाई होच्याउन अनेकौँ गर्छन्
तर तिम्रो उचाईलाई होच्याउन नसकेपछि
तिमिलाई भेटाउन नसकेपछि
तिमिमै टासिन्छन्
र माया दर्शाउँदै चुस्छन परजिविहरुले
त्यो बेला तिमिले
स्वस्थ रगत बचाउनु
टाउको हल्लाउनेगरि फाल्नेछन् आदर्श हल्लाहरु
त्यो बेला मथिगंल बचाउनु
हरेक राति यादमा आयोजना हुन सक्छन् डिनरहरु
त्यो बेला तिम्ले जिव्रो बचाउनु
सुनाउलना परिकथाहरु सोडाले फुलाउने प्रयत्न
त्यो बेला तिमिले कान बचाउनु
धैर्यगर्नु कञ्चनजंघा
तिमि अझै चुलिन्छौ !
रावेन्सको टापुमा पुस्तक पढिरहेको आदर्श जस्तै
ग्रटवालको माथी दाहिने हात मुठ्ठी पारेर
उभिरहेको स्वभिमान जस्तै
वासिँटन डिसि माथी प्रफुल्ल भएको आकास जस्तै
तिमिपनि एकदिन चुलिन्छौ कञ्चनजंघा
दुनियाको मानचित्रमा
यो महान विश्वमा
यिनै हातहरुले लेख्न पाउँ
हिमाल फेरी चुलीएको
सुनौलो इतिहाँस
धैर्य गर कञ्चनजंघा तिमी अझै चुलिन्छौ !!