ज्याकलिनलाई माधुरीको प्रतिक्रियाको पर्खाइ


३ चैत्र २०७४, शनिबार
1477124788 jacqueline fernandez

काठमाडौँ , ३ चैत्र । टाइगर श्राफ स्टारर ‘बागी–२’ फिल्ममा ज्याकलिन फर्ना्न्डिसले माधुरी दीक्षितको बहुचर्चित गीत ‘एक–दो–तीन’ मा आइटम डान्स गरेकी छिन् । ज्याकलिनले आइटम गरेको सो गीत सन् १९८८ मा रिलिज भएको ‘तेजाब’ फिल्मको हो ।1477124788 jacqueline fernandez
सो गीत अहिले पनि उत्तिकै सुमधुर लाग्छ । त्यसैले बागी २ मा समावेश गरिएको हो । तेजाब फिल्मको यो गीतको सुटिङ गर्न माधुरीले १६ दिन अगाडिबाट अभ्यास गरेकी थिइन् । त्यतिवेला माधुरीलाई सिकाउन कोरियोग्राफर सरोज खान पनि लगातार उनको साथ रहेका थिए । त्यतिवेला यो गीत खिच्न सात दिन लागेको थियो ।
पछि, यही गीतबाट सरोज खानले बेस्ट कोरियोग्राफरको फिल्मफेयर अवार्ड जितेका थिए । गायिका अल्का यागिकले पनि यही गीतबाट सर्वश्रेष्ठ गायिकाको अवार्ड प्राप्त गरेकी थिइन् ।
ज्याकलिन यो गीतसम्बन्धी तथ्यबारे थाहा पाएपछि चकित परेकी थिइन् । ‘मेरो पहिलो चिन्ता यही छ कि हामी कसरी यति महान् चिजको रिक्रिएट गर्न सक्छौँ ? यो असम्भव जस्तो हो,’ ज्याकलिनको भनाइ छ, ‘मैले गीतबारे थाहा पाएपछि उच्च स्तरको पर्फमेन्स दिने कोसिस गरेकी छु ।
हामी सबैले निकै मिहिनेत गरेका छौँ । हामीले कस्तो ग¥यौँ, त्यसको मूल्यांकन गर्ने जिम्मा दर्शकमा छ ।’ ज्याकलिन आफू माधुरीले यो गीत हेरेर कस्तो प्रतिक्रिया दिनेछिन् । त्यसको पर्खाइमा रहेको बताउँछिन् । बागी–२ मार्च ३० मा रिलिज हँुदै छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७