चर्चित अविवाहित महिलाहरू


३ चैत्र २०७४, शनिबार
Batchlor women

-कृष्ण भट्टराई
काठमाडाैं, ३ चैत्र । भनिन्छ, विवाहका लागि साइत जुर्नुपर्छ । कतिपय मानिस विवाहको जोडी भगवान्ले नै तय गर्ने कुरा बताउँछन् । योग्य वर अथवा बधू फेला नपरेकाले विवाह नगरी बस्नेहरू पनि उत्तिकै हुन्छन् । कुनै बेला विवाहको जग्गेमा मात्र श्रीमान्–श्रीमतीले एक–अर्काको अनुहार हेर्ने परम्पराबाट हुर्किएको नेपाली समाज सामाजिक सञ्जालको प्रयोगसँगै विवाहअघि नै लिभिङ टुगेदर बस्नेसम्मको चरणमा प्रवेश गरिसकेको छ । यद्यपि विवाह भनेको विवाह नै हो । यसले दुई शरीरलाई मात्र होइन, दुई मनलाई समेत जोड्छ । साप्ताहिकले पछिल्ला केही वर्षयता हरेक वर्ष ग्ल्यामर क्षेत्रमा भित्रिने नयाँ अनुहारमध्ये अविवाहित अनुहारहरूका बारेमा जानकारी गराउँदै आएको छ । यसपटक केही चर्चित अविवाहित महिलाहरुको वारेमा चर्चा गरेका छौं ।Batchlor women

दीपिका प्रसाईं
पहिलो चलचित्रबाटै स्थापित हुने निकै कम अभिनेत्रीमा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ । यसै वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ बाट रजतपटमा भित्रिएकी दीपिका निकै सुन्दर छिन् । आकर्षक व्यक्तित्वकी धनी यी अविवाहित अभिनेत्रीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहने निर्माता–निर्देशकहरूको संख्या ठूलै छ, यद्यपि उनले दोस्रो चलचित्रमा अभिनय गर्न हतार गरेकी छैनन् । स्नातकोत्तर तहको अध्ययन पुरा गरेपछि मात्र उनी दोस्रो–तेस्रो चलचित्रमा प्रस्तुत हुने बताउँछिन् ।

एलिशा राई
चलचित्र लुट–२ को ठमेल बजार… गीत लोकप्रिय भएपछि सेलिब्रेटी बन्न सफल भएकी हुन्– एलिशा राई । चलचित्रमा आइटम डान्सरसहित अभिनेत्रीका रूपमा समेत प्रस्तुत भएकी एलिशाले ठमेल बजार गीतकै कारण प्रसिद्धि कमाएकी हुन् । अविवाहित यी सुन्दरी अचेल म्युजिक भिडियोहरूको छायांकनमा व्यस्त छिन् । नृत्यपरक भिडियोमा एलिशाको उपस्थिति अनिवार्यझैं भएको छ । कद होचो भए पनि आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारकी धनी एलिशाको सुन्दरताबाट प्रभावित हुनेहरूको संख्या ठूलै छ । एलिशाले आफ्नो प्रेम सार्वजनिक गरिसकेकी छैनन् ।alisha rai nikita chandak jebika karki

निकिता चाण्डक
मिस नेपाल–२०१७ की विजेता हुन्— निकिता चाण्डक । उर्लाबारी, मोरङकी यी सुन्दरी मिस नेपालमा सहभागिता जनाउनुअघि भारतमा मोडलिङसँगै अध्ययनमा सक्रिय थिइन् । भारतमा छँदा केही फेसन शो तथा विज्ञापनहरूमा मोडलिङ गरेकी निकिताले काठमाडौं आएर मिस नेपालमा सहभागिता जनाएलगत्तै धेरैको ध्यान आकर्षित गरिन् । मिस नेपालको उपाधि जितेपछि निकिताको चर्चा ह्वात्तै चुलियो । मिस वल्र्ड–२०१७ को सहभागिता पछि उनी थप चर्चामा आइन् । सामाजिक सञ्जालहरूमा उनका फलोअरहरूको संख्या बढ्दो छ । निकिताले चलचित्रबाट समेत अभिनयको प्रस्ताव पाउन थालेकी छिन् । मिस नेपालको आगामी संस्करणपछि पूर्व मिस नेपाल हुने निकिताले त्यसपछि मात्र आफ्नो क्षेत्रलाई फराकिलो बनाउने अनुमान गरिएको छ ।

जेबिका कार्की
थुप्रै म्युजिक भिडियो, दर्जनौं टेलिश्रृंखला हुँदै चलचित्रसम्म आइपुगेकी अभिनेत्री हुन्— जेबिका कार्की । चलचित्र जन्मभूमिमार्फत चलचित्रमा पदार्पण गर्ने जेबिकाले अभिनय गरेका चलचित्र पर्व तथा कारखाना यसै वर्ष प्रदर्शन भैसकेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र कोहलपुर एक्सप्रेसमा समेत अभिनय गरेकी जेबिका सुन्दर त छिन् नै, शालिन व्यवहारका कारण सबैको मन जित्नसमेत सफल छिन् । अविवाहित यी अभिनेत्री अभिनयसँगै नृत्यमा पनि अब्बल छिन् । पछिल्लो समय म्युजिक भिडियो तथा चलचित्रमा समानान्तर रूपमा सक्रिय हुँदै आएकी जेबिका प्रेम तथा रोमान्सबाट आफूलाई टाढै राख्न रुचाउँछिन् ।Jebika 01 15032018025129

सहारा बस्नेत
५ फिट साढे ७ इन्च अग्ली अविवाहित सुन्दरी हुन्– सहारा बस्नेत । बस्नेत मिस नेपाल–२०१७ कै एक विजेता हुन् । मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि विजेता सहाराले यसै वर्ष फिलिपिन्समा सम्पन्न मिस एसिया प्यासिफिक इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । व्यवस्थापनमा स्नातक उत्तीर्ण २२ वर्षीया सहारा ५ फिट ५ इन्च अग्ली छिन् । ललितपुरकी स्थायी वासिन्दा सहारा आगामी वर्षदेखि आफूलाई समाजसेवा तथा मोडलिङमा अग्रसर गराउने योजनामा छिन् ।

तृष्णा गुरुङ
गायिका तृष्णा गुरुङको स्वर जति सुरिलो छ, उनको सुन्दरता त्योभन्दा मनमोहक छ । ५ फिट ४ इन्च अग्ली यी अविवाहित गायिकाले सुरिलो स्वरमा गीत गाउँदा पुरुष प्रसंसकहरू लट्ठै हुन्छन् । खासगरी युट्युबमा उनका भिडियोले पाउने लाखौं दर्शकका पछाडि उनको कर्णप्रिय स्वर तथा सुन्दरताले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । सामाजिक सञ्जालमा समेत प्रसस्त प्रशंसक कमाउन सफल तृष्णा आफ्ना गीतमा आफैं संगीत भर्छिन् । कन्सर्टमा उनलाई मन पराउनेहरू हजारौं हुन्छन् । रेलैमा, गाइने दाजै, साँझको बेला, गुराँसै फुल्यो, खानी हो याह्मू आदि उनले गाएका लोकप्रिय गीत हुन्, जसलाई दर्शकले यूट्युबमा लाखौं पटक हेरेका छन् ।

रोजिना श्रेष्ठ
मिस नेपाल–२०१७ मा मिस नेपाल अर्थको उपाधि जित्न सफल युवती हुन्– रोजिना श्रेष्ठ । अग्लो कदकी यी अविवाहित सुन्दरीले फिलिपिन्समा सम्पन्न मिस अर्थ–२०१७ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । मोडलिङमा रुचि राख्ने रोजिनाले मिस नेपालमा सहभागिता जनाउनुभन्दा तीन वर्षअघि नै मिस एपेक्सको उपाधि जितिसकेकी थिइन् । त्यसबाहेक उनी केही मोडलिङ प्रतियोगितामा सहभागी भएकी थिइन् । मिस नेपालको प्रशिक्षणले आफूलाई परिपक्व बनाएको धारणा व्यक्त गर्ने अविवाहित रोजिना आगामी वर्षदेखि मोडलिङसहित सामाजिक कार्यक्रमहरूमा बढी केन्द्रित हुने बताउँछिन् ।tursna sushila khusam

सुशीला पाठक
सुशीला पाठक गायिका हुन् । झट्ट हेर्दा उनी कुनै अभिनेत्री अथवा मोडलभन्दा कम देखिन्नन् । अघिल्लो वर्ष नै पहिलो एकल गीति संग्रह सार्वजनिक गरेर आफूलाई गायिकाका रूपमा परिचित गराएकी सुशीला आफ्ना गीतका म्युजिक भिडियोमा आफैं अभिनय तथा नृत्य गर्छिन् । फोटोसेसनमा विशेष रुचि राख्ने यी अविवाहित गायिका आफ्नो फेसबुक वालमा बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहन्छिन् । नृत्यमा समेत दख्खल राख्ने यी सुन्दर गायिका कुनै दिन मोडलिङ हुँदै चलचित्रसम्म पुगिन् भने अचम्म नमाने हुन्छ । सुशीलाले संगीतकर्मीद्वय शिलाबहादुर मोक्तान तथा मनोरजराज शिवाकोटीसँग संगीतको औपचारिक प्रशिक्षण लिएकी हुन् ।

कुसुम श्रेष्ठ
सामाजिक सञ्जालमार्फत सेलिब्रेटी बन्न सफल युवती हुन्– कुसुम श्रेष्ठ । एक जना फोटोग्राफरले तरकारीको क्रेट बोकेर झोलुंगे पुलमा हिँडिरहेको तस्बिर फेसबुकमा अपलोड गरेपछि गोरखाकी कुसुम छोटो समयमै नेपाल र भारतमा मात्र होइन विश्वभरी नै ‘तरकारीवाली’ उपनामले प्रसिद्ध भइन् । यतिबेला कक्षा १२ को अन्तिम परीक्षा दिने तयारीमा रहेकी यी सुन्दरीलाई त्यतिबेला थुप्रै चलचित्र तथा म्युजिक भिडियोबाट अभिनय प्रस्ताव आए । यद्यपि आफू अध्ययनमा केन्द्रित भएकाले उनले त्यसरी प्रस्ताव गरिएका मध्ये जम्मा एउटा चलचित्रमा मात्र अभिनय गरिन् । उक्त चलचित्र हो– लम्फू ।

साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७