उपत्यकाबाट ५२ मेट्रिक टन फोहर व्यवस्थापन


३ चैत्र २०७४, शनिबार
उपत्यकाबाट ५२ मेट्रिक टन फोहर व्यवस्थापन7326
sLlt{k’/df kmf]x/ Joj:yfkg sLlt{k’/ If]qaf6 zlgaf/ kmf]x/ Joj:yfkg ub}{ gu/ k|d’v /d]z dxh{gsf ;fydf :yfgLojf;L . t:jL/ M s[i0f/fh uf}td, /f;;

काठमाडौं:  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २५३ औँ हप्तामा आज थापाथलीस्थित नदी क्षेत्रमा सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता थियो ।

उपत्यकाबाट ५२ मेट्रिक टन फोहर व्यवस्थापन7326
कीर्तिपुर क्षेत्रबाट शनिबार फोहर व्यवस्थापन गर्दै नगर प्रमुख रमेश महर्जनका साथमा स्थानीयवासी ।

सफाइमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष लक्ष्मी व्यञ्जनकार, कलाकारद्वय मनोज गजुरेल र राजाराम पौडेल, गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष हंसराज ढकाल लगायतको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिईन् ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१४ औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

वाग्मतीको पानी फोहर भई छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए ।

रुद्रमती सफाइको २०८ औँ हप्तामा रातोपुल–ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । शुक्रबार यो सडकमा कालोपत्र गरिएकाले त्यसको धुलो पनि व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
विष्णुमती सफाइको १७९ औँ हप्तामा टोखा नगरपालिका– १३ स्थित सिद्धेश्वर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइका क्रममा घरदैलो कार्यक्रम समेत गरिएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिए ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५८ औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताईन् । मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४९औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ४९औँ हप्तामा चक्रपथको नयाँ बसपार्कदेखि ग्रिनसिटी अस्पतालसम्मको दायाँबायाँ सडक किनारमा सफाइ गरी २१ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ््याउन खनिएको खाल्डो काम सकेर नपुरिँदा फोहर फाल्ने ठाउँ बनेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो । चैत १० गते शनिबार ५० औँ हप्ताको चक्रपथ सफाइ अभियान बसुन्धरास्थित ग्रिनसिटी अस्पताल परिसरमा गरिने उनले जानकारी बताए ।

चक्रपथको बाफल खण्डको ३१औँ हप्ताको सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए । सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुँयालले छ महिनासम्म बाफल चोकमा निःशुल्क पिउने पानी सेवाको उद्घाटन गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७