विज्ञताको सही प्रयोग नहुँदा वातावरण प्रदुषण : मन्त्री लालबाबु पण्डित


३ चैत्र २०७४, शनिबार
Lalbabu Pandit1

काठमाडौं, २ चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विज्ञताको सही प्रयोग हुन नसकेका कारण वातावरण प्रदुषण लगायतका समस्या निम्तिएको बताएका छन् । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शनिबार राजधानीमा उद्घाटन गर्दे मन्त्री पण्डितले विज्ञले आफ्नो विज्ञताको सही ढंगले प्रयोग नगरेकाले समस्या सिर्जना भएको बताएका हुन् ।

Lalbabu Pandit1

राजधानीको अव्यवस्थित शहरी विस्तारका कारण निम्तिएको नदी नाला प्रदुषणको असर मकवानपुरसम्म पनि देखिने गरेको भन्दै उनले इञ्जिनियरहरुलाई ठिक तरीकाले आफ्नो विज्ञता प्रयोग गर्न सुझाव दिए । उनले शहरी विकासको डिजाईन परिर्वतन गर्न पनि आग्रह गरे । जलस्रोतको धनी मुलुक नेपालका कयौ भू–भाग पछिल्लो समय सिंचाई अभावमा मरभूमिमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

हिमालमा हिउँ नपर्ने समस्याबाट हिमाली क्षेत्रको आकार सांघुरो बन्दै गएको उल्लेख गर्दै उनले लगानीको प्रतिफल आउने गरि जनचेतना अभिवृद्धिका काम गर्न आयोजकलाई सुझाव दिए । ‘विज्ञताको प्रयोग भएको छैन वा ठिक तरिकाले भएको छैन, ठिक तरीकाले हुनुपर्यो । लगानी प्रतिफल आउने गरि हुनुपर्यो’–उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७