उडेको केही मिनेटमै दुर्घटनामा पर्यो विमान


३ चैत्र २०७४, शनिबार
Plane Crash
Plane Crash
फाइल तस्बिर

मनिला: फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले छ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार छ ओटा मात्र सिटे विमानमा रहेका र मृत्यु भएका मध्ये दुई जना विमान चालक रहेका थिए । विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार विहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् । विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि अधिकारी पुगेका छन् ।एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७