पर्यटन मन्त्रीको पहिलो निर्णय : २०२० सम्म १५ लाख पर्यटन भित्र्याउने


३ चैत्र २०७४, शनिबार
Rabindra adhikari 2
gjlgo’Qm dGqL clwsf/L kbaxfnL lg0f{o k’l:tsfdf x:tfIf/ gjlgo’Qm ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /jLGb|k|;fb clwsf/L dGqfnodf z’qmaf/ kbaxfnL kl5 lg0f{o k’l:tsfsf x:tfIf/ ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt , /f;;

काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शुक्रवार पदबहालीका क्रममा पहिलो नीतिगत निर्णय गर्दै सन् २०२० मा १५ लाख पर्यटक पुर्‍याउने लक्ष्यसहित प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिने बताएका छन् । उक्त निर्णयअनुसार एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारतमा केन्द्रीय पर्याटन प्रवर्द्धनलाई तीव्रता दिइनेछ ।

Rabindra adhikari 2
फाइल तस्बिर

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले अभियानलाई सफल बनाउन मन्त्रालयले सम्पूर्ण ध्यान केन्द्रित गरी निजी क्षेत्रको साझेदारीतालाई थप प्रभावकारी बनाइने बताएका छन् । उनले भने, ‘पर्यटक बढाउन मुख्य पूर्वाधार निर्माण नै हो, त्यसपछि पर्यटन प्रवर्द्धन र बजारीकरणलाई प्रभावकारी ढङ्गले अघि बढाइन्छ ।’

मन्त्री अधिकारीको पहिलो निर्णयमा पोखरा विमानस्थललाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम र विमानस्थलको चापलाई कम गर्न पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणसँगै पोखरा विमानस्थललाई ‘अप्रेसन बेस’ का रूपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार विकास शीघ्र सुरु गर्ने भनिएको छ ।

युरोपेली सङ्घ ‘इयु’को सुरक्षा सूचीबाट सन् २०१८ भित्र हटाइसक्ने गरी आवश्यक तयारी थाल्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता उपाध्यायले जानकारी दिएका छन् ।

मन्त्री अधिकारीले मुलुकको कूल गार्हस्थ उत्पादनमा अहिले पर्यटन क्षेत्रको करिब सात प्रतिशत योगदान रहेको र यसलाई २५ प्रतिशत योगदान पुर्‍याउने लक्ष्यसहित पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने आवश्क रहेको बताएका छन् । त्यसै गरी सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलको एक महिनाभित्र ढाँचा ‘मोडल’ यकिन गरी निर्माणकार्य शीघ्र अघि बढाउन पनि निर्देशन दिएका छन् ।

विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सफल भएको सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष ‘भिजिट नेपाल इयर’ का रूपमा मनाएर पर्यटक बढाउला अभियान सुरु गर्न लागेको हो ।

सन् १९९८ देखिको १० लाख पर्यटक पुर्‍याउने लक्ष्य सन् २०१७ मा सार्थक भएको थियो । सरकारले ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर २०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ लाई नै घुमफिर वर्ष मनाएको थियो ।

यसबीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए । सन् २०१५ मा गएको गोरखा भूकम्प र नाकाबन्दीका कारण पर्यटकको सङ्ख्यामा कमी आएको थियो । सन् २०१६ मा साढे सात लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए ।

वर्तमान वाम गठबन्धन नेतृत्वको सरकारले आफ्नो निर्वाचन घोषणापत्रमै ५० लाख पर्यटक पुर्‍याउने उल्लेख गरेको छ । गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पुर्‍याउन यस्ता अभियानले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७