क्रिकेट अपडेट : सोमपाल ३६ रन बनाएर आउट


३ चैत्र २०७४, शनिबार
sompalkami 1

काठमाडौं, ३ चैत्र । नेपालको नौं विकेट झरेको छ । जिम्वाबेमा जारी विश्वकपको सातौं स्थानको लागि भइरहेको प्लेअफमा नेपालको नौं विकेटको रुपमा सोमपाल कामी आउट भएका हुन् । उनले ३६ रन बनाए आउट भए ।

सातौं विकेटको रुपमा शक्ति गौचन शुन्यमा आउट भएको नेपालको आठौं विकेटको रुपमा करण १३ रन बनाएर आउट भए । ३८ ओभरमा आठ विकेट गुमाएर १२७ रन बनाएको छ । नेपालले १९० रनको लक्ष्य पछ्याइरहेको छ । sompalkami 1
नेपालका लागि कुनै पनि ब्याटस्म्यानले राम्राे गर्न सकेन् । नेपालका लागि राम्रो खेलिरहेको दिपेन्द्र सिंह ऐर २५ रन बनाएर आउट भए । कप्तान पारस खड्काले २२ रन, अनिल कुमार शाह ८, आरिफ शेख ५, ज्ञानेन्द्र मल्ल ४, रोहित कुमार पौडेल र शक्ति गौचनले शुन्य रनमै आउट भए ।

यसअघि टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनाएको थियो । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । १० ओभरमा २४ रन दिंदै उनले सर्वा्धिक ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए । आज शक्ति वसन्त रेग्मीको स्थानमा टोलीमा समावेश भएका हुन् ।

नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याट्सम्यान बास डे लिडले सर्वा्धिक ३९ रनको योग्दान दिंदै आफ्नो टोलीको पारीलाई उकासेका थिए । त्यसैगरी भान डेर मर्व र स्कट एडवार्ड्सले समान २५ रनको योग्दान दिए । समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो ।

त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा रह्यो । नेपालले अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सफल रह्यो । अर्को तर्फ, नेदरल्यान्ड्सले हङकङलाई हराएको थियो । नेदरल्यान्ड्सको सो जितले नेपालको एक दिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पनि सुनिश्चित भएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७