एक दिवसीय मान्यता पाउँदै नेपालकाे जिम्बाम्बे यात्रा समाप्त

नेदरल्यान्ड्ससँग ४५ रनले पराजित


३ चैत्र २०७४, शनिबार
ODI Nepal Team

काठमाडौं, ३ चैत्र । जिम्बाम्बेमा जारी विश्वकपको सातौं स्थानको लागि भएकाे प्लेअफमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । प्लेअफको अन्तिम खेलमा पराजित भएसँगैसँगै जिम्बाम्बे यात्रा आठौं स्थानमा रहँदै समाप्त गरेको हाे । नेपालले विश्व एक दिवसीय बरियतामा नेपाल १६औं स्थानमा पाएकाे छ । cricket nepal nepvsned 2

नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भयाे । नेदरल्याण्डले दिएको १९० रनको लक्ष्य पछ्रयाएको नेपाल ४४.४ ओभरमा अलआउट हुँदै १४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामी सर्वाधिक ३६ रन बनाए । दिपेन्द्र सिंह ऐर २५ रन र कप्तान पारस खड्काले २२ रन बनाए । यस्तै आठौं विकेटको रुपमा करण १३ रन बनाएर आउट भए । सन्दीप लामिछानेले नटआउट १४ रन बनाए ।

नेपालका लागि अन्य ब्याटस्म्यानले राम्राे गर्न सकेन् । अनिल कुमार शाह ८, आरिफ शेख ५, ज्ञानेन्द्र मल्ल ४, ललित नारायण राजवंशीले २ रन, रोहित कुमार पौडेल र शक्ति गौचनले शुन्य रनमै आउट भए ।

नेदरल्याण्डका लागि भान डेर मर्वले चार विकेट लिए । एफ जि क्लासेन र पिएम सेलार दुई–दुई विकेट लिए । एस सान्तारले एक विकेट लिए ।

यसअघि टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याट्सम्यान बास डे लिडले सर्वा्धिक ३९ रनको योग्दान दिंदै आफ्नो टोलीको पारीलाई उकासेका थिए । त्यसैगरी भान डेर मर्व र स्कट एडवार्ड्सले समान २५ रनको योग्दान दिए ।

नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । १० ओभरमा २४ रन दिंदै उनले सर्वा्धिक ४ विकेट लिए ।

नेपालका लागि  सन्दिप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए । आज शक्ति वसन्त रेग्मीको स्थानमा टोलीमा समावेश भएका हुन् ।

समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा रहेकाे थियाे । नेपालले अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सफल भएकाे थियाे ।

अर्को तर्फ, नेदरल्यान्ड्सले हङकङलाई हराएको थियो । नेदरल्यान्ड्सको सो जितले नेपालको एक दिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पनि सुनिश्चित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७