मन्त्री पण्डितलाई कलाकारको ‘सरप्राइज’ सम्मान (फोटोफिचर)


४ चैत्र २०७४, आईतवार
lalbabu pandit and nepali artist

काठमाडौं, ४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ‘गफ’ मा भन्दा काममा बढी लाग्ने मन्त्री भनेर चिनिन्छन् । कार्यक्रम उद्घाटन गर्ने, रिवन काट्ने र भाषण ठोक्ने कामका लागि मात्र आफ्नो समय नष्ट नगरी दिन आग्रह गर्ने गरेका मन्त्री पण्डित आइतबार अचानक कलाकारहरुको भीडमा घेरिएको अवस्थामा भेटिए ।lalbabu pandit and nepali artist

आफूलाई कसैले फुक्र्याएको मन नपराउने मन्त्री पण्डितले आइतबार कलाकारहरुको टोलीबाट आफ्नै मन्त्रालयमा ‘सरप्राइज’ सम्मान पाए । आफ्नै क्वार्टरमा कलाकारहरुको कुरा सुन्न पाएका मन्त्री पण्डित आफूले पाएको सम्मानले भन्दा कलाकारहरुले देशको कला, सँस्कृति संरक्षणमा पुर्‍याउन चाहेको योगदान र खेलेको भूमिकाबाट प्रसन्न देखिए ।

उसो त मन्त्री पण्डितलाई चलचित्र हेर्ने, गीत संगीत सुन्ने समय उति हुँदैन । तर, यसो भन्दैमा मन्त्री पण्डितले कुनै गीत–संगीत सुनेका, हेरेका छैनन् भन्ने होइन । उनी आफूलाई ‘सुन साइँली परदेशबाट म आउँला, ४० कटेसी रमाउँला’ बोलको गीत मन पर्छ । मन्त्री पण्डितलाई यो गीत मन पर्नुको पनि कारण छ । त्यो हो–४० कटेसी रमाउने होइन, अब नेपालीले ४० नकटी नै रमाउनु पर्छ भन्ने मन्त्री पण्डितको मान्यता छ ।

कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, शिव श्रेष्ठ, केदार घिमिरे (माग्ने बुढा), संगीतकार कालीप्रसाद बास्कोटा, वर्षा शिवाकोटी, मुना थापामगर, बुद्धि तामाङ्ग, गोबिन्द राई, सरोज कोइराला अनुराग कुँवरलगायतका कलाकारहरुले मन्त्री पण्डितलाई सम्मान गर्दै यो सरकारले नेपाली कला क्षेत्रको विकासमा योगदान गर्ने विश्वास रहेको मन्त्री पण्डितलाई सुनाएका थिए । सम्मानका लागि मन्त्री भेट्न पुगेका कलाकारहरुको टोलीले आफूहरु यसअघि कुनै पनि नेता, मन्त्रीको सम्मानमा मन्त्रालय नधाएको बताउँदै मन्त्री पण्डित काम गर्ने मन्त्री भएका कारण नै आफूहरुले आफ्ना कुरा राख्दै, मन्त्रीलाई काम गर्न हौसला दिने उद्देश्यले सम्मान कार्यक्रमसहित मन्त्रालय पुगेको बताएका छन् ।

देशको सम्भयता निर्माणका लागि कला क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै कलाकार शिव श्रेष्ठले नेपाली चलचित्र, गीत संगीतको समस्या र चुनौतिहरुलाई सम्बन्धित निकायमा पुर्‍याई दिने काम मन्त्री पण्डितबाट हुने आफूहरुको अपेक्षा रहेको बताए । सम्मान ग्रहण गर्दै मन्त्री पण्डितले नेपाली कलाकारहरु चलचित्र, गीत, संगीतको क्षेत्रमा मात्र सक्रिय नभई देशलाई विपत परेका बेला समेत सामाजिक काममा सक्रिय रहेको पाएको बताएका थिए । उनले देश बनाउने काम एउटा व्यक्ति वा मन्त्रीबाट मात्र सम्भवन नहुने बताउँदै देश बनाउने काममा सहयोग पु¥याउन कलाकारहरुलाई मन्त्री पण्डितले आग्रह समेत गरे । मन्त्री पण्डितले अब मुलुकमा राजनीतिक संक्रमण सकिएकाले मुलुकले आर्थिक, सामाजिक र साँस्कृति रुपमा फड्को मार्ने विश्वास कलाकारको टोलीलाई गराएका थिए ।

Lalbabu pandit and Nepali artist 5

Lalbabu pandit and Nepali artist 26

Lalbabu pandit and Nepali artist 6

Lalbabu pandit and Nepali artist 14

 

anurag kuwar lalbabu pandit

Lalbabu pandit and Nepali artist 22

 

Lalbabu pandit and Nepali artist 12

 

Lalbabu pandit and Nepali artist 11

Lalbabu pandit and Nepali artist 10

Lalbabu pandit and Nepali artist 13

Lalbabu pandit and Nepali artist 4

Lalbabu pandit and Nepali artist 2

Lalbabu pandit and dipak raj giri dipa shree

Lalbabu pandit and Nepali artist 6

Lalbabu pandit and Nepali artist 15

Lalbabu pandit and Nepali artist 16

Lalbabu pandit and Nepali artist 17

 

Lalbabu pandit and Nepali artist 8

 

Lalbabu pandit and Nepali artist 20

Lalbabu pandit and Nepali artist 21

Lalbabu pandit and Nepali artist 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७