पर्खनुस् नेपाली क्रिकेटमा सुनौलो दिन आउँछ : कप्तान पारस


४ चैत्र २०७४, आईतवार
Nepal Cricket ICC World Cricket League Championship37
Nepal Cricket, ICC World Cricket League Championship,Batsman Paras Khadka

काठमाण्डौं, ४ चैत : जिम्बाब्बेमा भएको आईसीसी विश्वकप क्रिकेटमा नेपालले पाएको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताले यति बेला खेलाडीमा थप हौसला प्राप्त भएको छ ।

यद्यपी अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित भएर आठौं हुन पुगेता पनि नेपाली खेलाडीले ‘एक दिवसीय मान्यता पाउनु पनि खुशीको कुरा भएको बताएका छन् ।

कप्तान पारस खड्काको भनाईअनुसार निलम्बनमा रहेको नेपाल क्रिकेट संघलाई फुकुवा गर्नुपर्ने, खेलाडीहरुको स्तरोन्नतिको साथै भौतिक पूर्वाधार राम्रो बनाउन सके अझ बढी प्रगती गर्न सक्नेमा बिश्वस्त देखिन्छन् ।

पारस भन्छन् ‘एक दिन हामी टेष्ट नेशन बन्छौं । हुनसक्छ यसका लागि ८–१० वर्ष पर्खनु पर्ला । मन हानु हुन्न, त्यो दिन आउँछ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७