अमिताभ बच्चनसँग अनुहार मिलेपछि भाइरल बन्दै शाबुज


४ चैत्र २०७४, आईतवार
amitabh

काठमाडौं, ४ चैत : कहिलेकार्ही चर्चित व्यक्तित्वका कारण सर्बसाधरणले समेत आफू चर्चामा आउने अवसर पाउँछन । अफगानका एक शरणार्थी प्रौढ पुरुष एकाएक भाइरल बनेका छन् । बलिउडमा महानायक भनेर चिनिएका अमिताभ वचनको अनुहारसँग मेल खाने अनुहार भएका अर्का एक ब्यक्ती भेटिएका छन् ।amitabh

शाबुज नाम गरेका ६८ वर्षीय अफगानी शरणार्थीको मुहार अमिताभ वचनसँग दुरुस्तै देखिएपछि उनी चर्चामा आएका हुन् उक्त अफगानी शरणार्थी यतिबेला पाकिस्तानमा बसोबास गर्दै आइरहेका छन् । चस्मा लागाएर हलुका दाह्री पालेका शाबुजको तस्विरले अभिनेता अमिताभको झल्को दिएपछि केही चर्चित भारतीय मिडियाहरूले पनि ती ब्यक्ति र अमिताभको मेल खाएको भनी समाचार प्रशारण गरेका थिए लगत्तै उनी भाइरल बनेका हुन् । जनवरी २७ सन् २०१७ मा फोटोग्राफर स्टेभ म्याककरीले उक्त शरणार्थीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७