रुसी राष्ट्रपतिमा पुटिन चौथो कार्यकालका लागि निर्वाचित


५ चैत्र २०७४, सोमबार
putin

बीबीसी: रुसको बागडोर एकपटक फेरि भ्लादिमीर पुटिनको हातमा ६ वर्षसम्मका लागि पुगेको छ। रुसको राष्ट्रपति चुनाव पुटिन जित नजिक पुगेका छन्। धेरैजसो मतगणना भइसकेको छ। केन्द्रीय चुनाव आयोगले पुटिनलाई हालसम्म ७६ प्रतिशत मत पाएको जनाएको छ। यो चुनावमा प्रमुख प्रतिपक्ष दलका नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध लगाइएको थियो।putin

सुरुवात परिणामको घोषणा अनुसार मस्कोमा एक र्यालीलाई सम्वोधन गर्दै पुटिनले भने, ‘मतदाताले मैले गरेका विगतका कामलाई अनुमोदन गरेकाछन्।’ पुटिनको जित जित हुने कुरामा कुनै शंका थिएन। २०१२ को चुनावको तुलनामा यो पटक उनको भोट प्रतिशतमा बढेको छ। २०१२ मा उनले ६४ प्रतिशत मन पाएका थिए।

केन्द्रीय चुनाव आयोगका अनुसार पुटिनका निकटतम प्रतिद्वन्द्वी पावेल गुरुदिनीनलाई १२ प्रतिशत मात्र मत प्राप्त भएको छ। पावेल करोडपति कम्युनिष्ट हुन्। राष्ट्रपति चुनावमा पूर्व टेलिभिजन होस्ट कसेनिया सोबचक पनि सामिल थिए। उनलाई मात्र दुई प्रतिशत भोट प्राप्त भएको छ। मत सर्वेक्षणका अनुसार मतदाता ६० प्रतिशत मतदाताले मतदान गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७