स्मार्ट टेलिकम र युटिएललाई दूरसञ्चार प्राधिकरणको कार्वाही


५ चैत्र २०७४, सोमबार
smart UTl

काठमाडौं, ५ चैत : नेपाल दूरसञ्चार प्राधिकरणले दुई वटा टेलिकम सेवा प्रदायकलाई कार्बाही गरेको छ । दूरसञ्चार सेवा अनुमतिपत्र अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्मार्ट टेलिकम र युटिएललाई कार्बाही गरेको हो । smart UTl

प्राधिकरणले स्मार्टलाई जरिवाना सहित ६ महिना भित्र सर्त बमोजिम १८ वटै जिल्लामा टेलिफोन सेवा विस्तार गर्न निर्देशन दिएको छ । यसैगरी, युटिएललाई पनि रोल आउट प्लान अनुसार सेवा शुरु नगरेको भन्दै सोही व्यवस्था अनुरुप ५ लाख रुपैयाँ जरिवाना गरिएको छ । युटिएललाई पनि जरिवानासहित रोल आउट प्लान अनुसार ६ महिना भित्र ५४ वटा जिल्लामा सेवा विस्तार गर्न दिर्नेशन दिइएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार दुबै टेलिकम सेवा प्रदायकले आफूले पेश गरेको रोल आउट प्लान अनुसार काम नगरेको भन्दै कार्बाही गरिएको हो । रोल आउट प्लान अनुसार स्मार्ट टेलिकमले २०१७ को दास्रो त्रैमाससम्ममा १८ वटा जिल्लामा सेवा विस्तार गर्ने उल्लेख गरेको थियो । तर, सो अबधिमा त्यसको आधार अर्थात ९ वटा जिल्लामा मात्र विस्तार गरेपछि प्राधिकरणले कार्बाही गरेको हो । स्मार्ट टेलिमकलाई दुरसंचार ऐन २०५३ को दफा २४ अनुसार ५ लाख रुपैयाँ जरिवान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७