रुसको राष्ट्रपतिमा पुटिन चौथो पटक भारी मतले निर्वाचित


५ चैत्र २०७४, सोमबार
putin

मस्को, सिन्ह्वा: रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । प्राप्त समाचारअनुसार रुसको अधिकांश मत गनिसक्दा उनको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उनका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।

putinn
फाइल तस्बिर

विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गरेका विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् । उनीहरुकाअनुसार रुसको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न त बाँकी नै छ तरपनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिलगर्दै जितको नजिक पुगिसकेका छन् ।

राष्ट्रपतीय चुनावमा यो उनको अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्ने भएको छ । रुसका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उनलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।

पुटिनसहित राष्ट्रपति पदका लागि ८ उम्मेदवार प्रतिस्पर्धामा थिए । पाभेल ग्रुडिनिन, भ्लादिमिर जिरिनोब्स्की, सेनिया सोवचक, ग्रिगोरी याभ्लिन्स्की, बोरिस टिटोभ, म्याक्सिम सुरेइकिन र सरगेई बबुरिन चुनावी मैदानमा थिए । उनले ती सबै प्रतिष्पर्धीलाई भारी अन्तरले पछाडि छोड्दै ७६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।

प्रारम्भिक सर्वेक्षणमा पनि वर्तमान राष्ट्रपति पुटिन ६९ दशमलव ७ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित हुने देखिएको थियो । मतदानको दुई दिनअघिको सम्बोधनमा राष्ट्रपति पुटिनले ‘रुसको भविष्यका लागि मतदान गर्न’ आहवान गरेका थिए ।

आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् । यो उनको चौथो कार्यकाल हो । उनले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो ।

यस पटकको राष्ट्रपति निर्वाचनमा उनसहित आठजना उम्मेदवार थिए । तर उनीपछि मत ल्याउने अर्थात् उनका निकटतम प्रतिद्धन्दी भने पावेल रुदिनिन रहेका छन् । पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गरेका छन्। यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।

यसैगरी यस निर्वाचनका अरु प्रतिश्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् । रुसको राष्ट्रपति पदका लागि यो जित एक किसीमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो । तर पनि यसपटकको मत भने उनको अस्वभाविक धेरै आएको छ ।

अधिकारीहरु भन्छन्, ‘सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको थियो । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ ।’ पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आएका छन् । पछिल्ला सर्वेक्षणहरुले उनलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।

यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो । राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उनले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।

जनताले मेरो कामको अनुमोदन गरे: राष्ट्रपति पुटिन
चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गर्नुभएको छ ।

त्यस सम्बोधनमा उनले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताउनुभएको थियो ।

उनले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताउनुभयो । उनको भनाई थियो— मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा चीनको आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ ।

यस जितपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको जानकारी दिनुभयो । उनले सबैका सहयोगले सुन्दर र प्रिय देश रुसलाई राम्रो बनाउने धारणा पनि राखे ।

पत्रकारको प्रश्न— फेरि पनि उठ्ने कि  ?
त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित पत्रकारहरुले उनलाई फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न भनी प्रश्न गरेका थिए ।

राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसेकाे मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस प्रश्नलाई उनले एउटा ठूलो ठट्टा भनेर जवाफ दिए । उनले भने, ‘यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुदैन ।’

राष्ट्रपति पुटिनले त्यस्तो होइन भन्दै भने, ‘केही वर्षयता हामीले देशमा गरेका विकासका काम, आर्थिक बृद्धि तथा अरु देशका लोकप्रिय कामका लागि मतदाताहरुले मलाई छान्नुभएको हो, यसबाहेक अरु केही होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७