गोजमो अध्यक्ष विमल गुरुङ अदालतबाट दोषी ठहर, गोर्खाल्याण्डमा छायो निरासा


५ चैत्र २०७४, सोमबार
bimal PTI 1

काठमाडौं, ५ चैत : भारतको दार्जिलिङ, मिरिक, खरसाङसहितको क्षेत्रमा गोर्खाल्याण्ड माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।bimal PTI 1

बंगाल सरकारले दमन गरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा अध्यक्ष गुरुङलाई नै दोषी ठहर गरेपछि समर्थकहरु निरास भएका छन् । अर्कातिर अदालतको यो फैसलाले उनका विरोधीहरु उत्साहित भएका छन् ।
‘न्यायका लागि अरु ढोकाहरु पनि छन् जहाँ गएर हामी काम गर्न सक्छाँै’, उनले भनेका छन् । विमलले आफूसँग गोर्खाल्याण्डका ८० प्रतिशत नागरिक रहेको दावी गरेका छन् । गोर्खाल्याण्डका लागि केन्द्र, बंगाल र मोर्चाबीच तत्काल वार्ताका लागि भारतीय जनता पार्टीलाई आव्हान गरेका छन् ।

करीब एक दशकदेखि गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेका विमललाई दोषी ठहर गरेपछि उनलाई नियन्त्रणमा लिन बंगाल सरकारलाई बाटो खुलेको छ । उनले अज्ञातस्थलबाट भिडियो क्लिप्स सार्वजनिक गर्दै निरास कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन् । विमलको मोर्चाबाट छुट्टिएर गोर्खा टेरिटोरीयल एडमिनिस्टेटिभ (जिटिए) का अध्यक्ष बनेका विनय तामाङले भने विमलविरुद्धको फैसलामा खुशी व्यक्त गरेका छन् । बंगालकी मुख्यमन्त्री ममता व्यनर्जीसँग मिलेर गोर्खाल्याण्डका लागि पछिल्लो पटक १०५ दिनसम्म चलेको आन्दोलनलाई दबाएको आरोप खेपिरहेका तामाङ यसबाट हौसिएका छन् ।

उनले विमल अब कहिल्यै गोर्खाल्याण्डमा नउदाउने प्रतिक्रिया दिएका छन् । गुरुङ र महासचिव रोशन गिरीसहितका मोर्चा समर्थकविरुद्ध बंगाल सरकारले युद्ध, हत्या र आगजनी लगायत अभियोगमा मुद्दा दायर गरेको थियो । गुरुङले सबै मुद्दालाई बंगाल सरकारको षड्यन्त्र भन्दै आएको छ । जिटिए प्रमुख तामाङले आफूलाई मोर्चा अध्यक्ष दाबी गर्दै आएका छन् । गुरुङ अहिले भूमिगत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७