नायिका रेखा थापा जाजरकोटको गाउँमा कलाकार खोज्दै


५ चैत्र २०७४, सोमबार
rekha thapa wiki biography

काठमाडौं, ५ चैत : आफूलाई चलचित्र बाहेक सामाजिक काममा समेत सक्रिय बनाएकी नायिका अहिले जाजरकोटको गाउँमा कलाकार खोज्न निस्किएकी छन् ।rekha thapa wiki biography

अभिनेत्री रेखा थापा यतिबेला बालबिवाहकाविरुद्ध सशक्त अभिनय गर्न सक्ने एक बालिकाको खोजीमा छिन् । जीवन रुपान्तरणका प्रशिक्षक नरबहादुर कार्कीको अवधारणामा बालबिवाहविरुद्ध सशक्त अभियानको रुपमा निर्माण हुने फिल्मका लागि बालबिवाहबाट वढी प्रभावित जाजरकोटमा थापाले बालिकाको खोजी गरेकी हुन् । रेखाले चलचित्र लाल मस्तिष्क निर्माण गर्ने तयारी गरिरहेकी छन् ।

जाजरकोटवाट चलचित्रका लागि बालपात्र खोज्नुको कारणबारे थापाले भनिन्, ‘जाजरकोटलगायत कर्णाली प्रदेश र नेपालभरी नै बालबिवाहको दर बढी छ र यथार्थमा यसको पीडा भोगिरहेकै बस्तीहरुमा म यो फिल्मको छायांकन गर्न चाहन्छु । छोरीहरुको स्वर्णिम भविष्य निर्माणका लागि यो फिल्मले ठूलो योगदान दिने मेरो विश्वास छ ।’ थापाले यस पटक बालबिवाहलाई मुख्य विषय बनाएर चलचित्र निर्माण गर्न लागेकी छन् । रेखा फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रको नाम लाल मस्तिष्क राखिएको छ ।

थापा र जीवन रुपान्तरणका प्रशिक्षक नरबहादुर कार्कीले चलचित्र केन्द्रीय पात्र कर्णाली प्रदेशको जाजरकोटमा १५ देखि १७ वर्षसम्मको बालिकाहरुमध्येबाट खोजिरहेका छन् । कार्कीसंग सहकार्य गर्दै छोरीहरुका लागि स्वर्णिम नेपाल महाअभियान चलाइरहेकी थापाले यस पटक बालबिबाहविरुद्ध देशव्यापी अभियान चलाउन लाल मष्तिष्क नामक चलचित्र निर्माण थालेकी हुन । बालबिबाहका कारण विग्रदै गएको नेपाली समाज र महिलाहरुको जीवनको उद्धारको लागि यो चलचित्र बनाउन लागिएको कार्यकारी निर्माता कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७