सम्भोगमा चरम आनन्द


५ चैत्र २०७४, सोमबार
sex 1

काठमाडौं, ५ चैत : यौनशास्त्री मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चार वटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण एक्साइटमेन्ट फेज भनिन्छ भने त्यसपछिको चरणलाई प्लाटो फेज भनिन्छ । तेस्रो चरण चरमसुख अर्गाज्म फेज हो भने अन्तिम चरण रिजोलुसन फेज हो ।sex 1

प्लाटो फेजमा भएको यौनलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवतः सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई यौन चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्द जस्ता कयौं शब्द यसका लागि प्रयोग हुन्छन् ।

यो चरणमा मांशपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप पनि निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनीको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांशपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांशपेशी खुम्चनेफुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभूति हुन्छ त्यसैलाई हामी चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं ।
आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै नै हुन्छ तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ । यदि चरमसुखको चरण पछि पनि यौन (स्टिमुलेसन) निरन्तर रूपमा कायम रहयो भने कतिपय महिलाले एक पल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन् तर पुरुषहरूमा भने यस्तो हुँदैन ।

महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किए पछि केही समयका लागि यौनिक रूपमा उत्तेजित हुन सक्दैनन् । महिलाहरूले भने यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । महिलाको सबैभन्दा यौन सम्वेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनीमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृष्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् ।

यौन क्रियाकलापमा संलग्न हुँदा पाकक्रिडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरम सुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ । साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र त्यसै हुनै पर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख पाइएन भने पनि पीर गर्नुपर्ने आवश्यता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात सम ं भोग जसको अर्थ दुवैजना यौन साथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यो सुख भोग गर्न पाउने कुरा हो ।

सामान्यतया लिङ्ग प्रवेश गराएर शुरु गरिने यौन सम्पर्कमा महिलाले पर्याप्त रूपमा यौन चरम सुखसम्म पुग्ने समय पाउँदैनन् त्यसैले महिलाले पर्याप्त रूपमा पाकक्रिडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुषमाथि र महिला तल रहने आसनमा महिलाको योनिमा घर्षण हुने भए पनि भगाङ्कुरमा घर्षण हुँदैन । त्यसैले कतिपय महिलाले हस्तमैथुनबाट यौन आनन्द पाए पनि यौन सम्पर्कको बेलामा भने आनन्द प्राप्त गर्न सक्दैनन् ।
तपाईले भगाङ्कुरको घर्षणबाट यौन चरमसुख प्राप्त गर्नु भएको छ भने यसरी यौन सम्पर्क गर्दा चरमसुख प्राप्त गर्न सहज हुँदैन ।

त्यसैले फरक आसन जस्तै–तपाईं माथि रहेर वा अन्य आसन, जसमा तपाईंले भगाङ्कुरको घर्षण अनि यौनसम्पर्क गर्दा कटि प्रदेशको चाल र त्यसको गतिलाई आफैंले नियन्त्रण गर्न सक्नुहोस्, ले तपाईंलाई चरमसुख प्राप्त गर्न सहयोग गर्छ । हस्तमैथुन गरेका कारणले नै तपाईले यौन सम्पर्क गर्दा यौन आनन्द नपाउने होइन । बरु हस्तमैथुन गर्दा तपाईंको कुन अङ्ग सबैभन्दा बढी संवेदनशील छ अनि कसो गर्दा त्यसलाई उत्तेजित तुल्याएर आनन्द लिन सकिन्छ भन्ने कुरा पनि थाहा हुनुपर्छ । श्रीमानसँगको यौन क्रियाकलापमा उहाँलाई पनि संलग्न गरेर तपाईंलाई यौन उत्तेजित गर्ने कार्यमा सहयोग लिन सकियो भने यौन आनन्द अर्थात चरमसुख प्राप्त गर्न सहयोग पुग्छ ।
– डा.राजेन्द्र भद्रा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७