न्यायाधीशसको सम्पति सार्वजनिक हुनुपर्ने बताउने कानूनमन्त्री सम्पति चाहीं कति ? (सम्पत्ति विवरणको सूचीसहित)


५ चैत्र २०७४, सोमबार

काठमाडौं, ५ चैत : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । sher bahadur tamang

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले श्रीमती उषाकला राई र आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा बुझाउन बाँकी रहेको सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री तामाङले श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना ३ पैसा २ दामको जग्गामा घर रहेको जानकारी दिएका छन् । property details by law minister sher bdr tamang 1 qHNDISwp4X TB5tOKURVp

मन्त्री तामाङको काठमाडौं महानगरपालिका ९ मा ६ आना जग्गा छ । प्रदेश नम्बर–१ की सांसद समेत रहेकी राईको नाममा मोरङमा प्रशस्त जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री तामाङले सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु आफ्नो नाममा रहेको देखाएका छन् पत्नी उषाकलाको नाममा मोरङमा सात कित्ता जग्गा रहेको उल्लेख गरेका छन् । ७० लाख ऋण मन्त्री तामाङले विभिन्न बैंक तथा व्यक्तिहरुमा समेत गरी ७० लाख ऋण रहेको देखाएका छन् ।property details by law minister sher bdr tamang 3 iYqllD3vm8 LjX6RM3Mxd

जसअन्तर्गत कृषि विकास बैंकबाट ४० लाख र अन्य बैंक तथा व्यक्तिहरुमा गरी ३० लाख गरी जम्मा ७० लाख रुपैयाँ ऋण देखाइएको छ । मन्त्री तामाङको एउटा गाडी, एउटा मोटरसाइकल, २ थान ल्यापटप र २ थान मोबाइल सम्पत्ति विवरणमा देखाइएको छ । मन्त्री तामाङका श्रीमती राईको नाममा खोटाङमा पुख्र्यौली जग्गा छ । खोटाङ माइती रहेकी राई त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक समेत हुन् । यसैगरी, मन्त्री तामाङको सम्पत्ति विवरणमा ३० तोला सुन रहेको देखाइएको छ भने बिभिन्न संस्थाको गरी १५ लाख बराबरको शेयर रहेको देखाइएको छ ।property details by law minister sher bdr tamang 2 atayEWjqry EjGH1Suav7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७