कार्यक्षेत्रमा नजाने कर्मचारीलाई घर पठाइन्छ : मन्त्री पण्डित


५ चैत्र २०७४, सोमबार
Lalbabu Pandit1

काठमाडौं, ५ चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा सुविधा रोक्ने चेतावनी दिएका छन् ।Lalbabu Pandit1

अहिलेसम्म ७२ प्रतिशत कर्मचारी कार्यक्षेत्रमा पुगिसकेको भन्दै अन्य कर्मचारीको पनि रेकर्ड लिने काम जारी रहेको बताउनुभयो । यदि कोही कर्मचारी सरकारले खटाएको ठाउँमा जान नमाने उनीहरुलाई सधैंका लागि बिदा गरिने उनले बताए ।

कर्मचारीले नेताको घरमा धाएर सोर्स फोर्स लगाउने काम गरे आफू कानमा रुवा हालेर बस्ने उनको भनाई छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकाले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारी कार्यक्षेत्र नगए तत्काल बर्खास्तदेखि कडाभन्दा कडा कार्बाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७