बागलुङको बलेवा विमानस्थलमा परीक्षण उडान सफल


६ चैत्र २०७४, मंगलवार
tara air

 

काठमाडौं: लामो समयदेखि बन्द रहेको जिल्लाको बलेवा विमानस्थलमा सोमवार परीक्षण उडान गरिएको छ ।
आगमी शुक्रबारदेखि नियमित हवाई सेवा सञ्चालन हुन लागेको विमानस्थलमा सोमबार तारा एयरले परीक्षण उडान गरेको हो ।tara air
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थलमा नेपाल नागरिक उड्ययन प्राधिकरणले नियमित उडान गर्ने प्रायःजसो तयारी सकिएपछि परीक्षण उडान गरिको हो ।

विमान सञ्चालनमा समस्या छैन

प्राविधिक पक्षको परीक्षण गर्न सोमबार गरिएको उडान सफल भएको र तत्काल विमान सञ्चालनमा समस्या नरहेको पाइलट प्रभाकरप्रसाद घिमिरेले बताए । प्राधिकरणका कर्मचारी र प्राविधिकसहित तारा एयरको १८ सिट क्षमताको ९ एन एकेएल विमान अवतरण हुँदा बलेवा विमानस्थल आसपासमा जम्मा भएका स्थानीय र जिल्ला सदरमुकामबाट पुगेका जनप्रतिनिधिसहितको टोलीले फूलमालासहित स्वागत गरेका थिए । पाइलट घिमिरेका अनुसार विमानस्थल आसपासका केही रुखहरु काटिएको र केही बाँकी नै रहेकाले त्यो पनि केही ठाउँमा आधा भाग काटिएको हुनाले त्यसलाई पुरै काट्नु पर्नेछ ।

उनले विमानस्थल कच्ची भएका कारण रन–वेमा पानी परेको अवस्थामा केही खतरा हुन सक्ने देखिएकाले त्यसलाई कालोपत्रे गरेर कम्तिमा दुई वटा विमान पार्किङ गर्ने स्थल बनाउन आवश्यक रहेको बताए ।

घिमिरेका अनुसार नियमित जहाज सञ्चालनमा आए बलेवादेखि काठमाडौंसम्म ४५ मिनेटमा पुग्न सकिने छ भने पोखरा हवाई मार्गबाट जम्मा ८ मिनेटमा पुगिनेछ । यती र नेपाल एयरलाइन्सका तीन जना पाइलटसँगै नागरिक उडड्यन प्राधिकरणका प्राविधिकसहित ११ जना परीक्षण उडान मार्फत बलेवा पुगेका थिए ।

बिहान ११ बजे पोखराबाट उडेको बिमान ११ बजेर १० मिनेट जाँदा बलेवामा अवतरण गरेको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि २०४८ सालदेखि विमान आउने क्रम रोकिएको सोमबार तारा एयरले परिक्षण उडान गरेको छ ।यो समचार नयाँ पत्रिकाबाट लिएको हौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७