मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा


६ चैत्र २०७४, मंगलवार
आफ्नै मेयरविरुद्ध उपमेयरको आमरण अनशन6398

 

काठमाडौं: आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेको  छ ।आफ्नै मेयरविरुद्ध उपमेयरको आमरण अनशन6398

नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन बसेकी हुन् ।

‘कार्यालय सार्ने–नसार्ने विवाद मुख्य होइन । त्यो त नियम र प्रक्रियाले मिल्नेगरी गरिने हो । मेयरले दुईतिहाइ पुगेपछि उपमेयरको सहमति आवश्यक नै नपर्ने भनिदिएपछि साँच्चिकै चित्त दुखेको छ’, नागरिक दैनिकले उपमेयर झाको भनाइ कोड गर्दै समाचार लेखेको छ ।

आइतबारै साँझदेखि अनशन बसेकी झाको स्वास्थ्य अवस्था कमजोर भएपछि सोमबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको छ । नयाँ पत्रिका दैनिकले आफ्नै मेयरविरुद्ध अनशन बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थय अवस्था बिग्रेपछि अस्पताल भर्ना गरेको लेखेको छ ।याे समचार नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७