विद्यार्थीलाई टपरी गाँस्न सिकाउँदै विद्यालय !


६ चैत्र २०७४, मंगलवार
tapari

काठमाडौं: किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आइपर्ने विभिन्न काम कसरी गर्ने भनी प्रयोगात्मक रुपमै प्रदर्शन गरेर विद्यासागर इंग्लिस स्कुलका विद्यार्थीले अभिभावकलाई चकित पारिदिएका छन् ।tapari

ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सञ्चालित फुड फेस्टिभलको प्रदर्शनी हेर्न सोमबार विद्यालय पुगेक ाबनेपा गोदामचोकका शंकर खनाल छोरी कृतिकाले कपासबाट बत्ती काटिरहेको देख्दा अचम्ममा परे । दैनिक रुपमा घरपसलमा आवश्यक पर्ने कपासको बत्ती किन्न बजार जानुपर्ने बाध्यता रहेका शंकरले छौरीले उक्त आवश्यकता पूरा गरिदिने भएपछि औधी खुसी लागेको सुनाए ।

राजधानी दैनिक लेख्छ– छोरीले घरमा हजुरआमाले जस्तै टपरी बुनिरहेको पाएपछि अभिभावक महेश पौडेल टक्क रोकिए । उनले नजिकै गएर छोरीको काम अवलोकन गरे । छोरीले अब बजारमा गएर टपरी किन्न आवश्यक नरहेको बताएपछि उनी विद्यालयले दिएको व्यावहारिक शिक्षा देखेर खुसीले दंग परे ।

विद्यालयलेहरुले व्यावहारिक शिक्षा नदिएको आरोप लागिरहेका बेला काभ्रेको विद्यासागर इंग्लिस स्कुलले सीप सिकाउने उद्देश्यले विद्यार्थीहरुलाई दुनाटपरी गाँस्न, अगरबत्ती बनाउन तथा दीयोमा प्रयोग हुने बत्ती काट्न सिकाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७