एक सातापछि आफन्तलाई नेपालीको शव


६ चैत्र २०७४, मंगलवार
plance crash 1

 

काठमाडौं:  यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका नेपालीको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ। ज्यान गुमाएका २२ जना नेपालीको शव सहजै पहिचान गरी सनाखत भए पनि तीन जना बंगलादेशीको भने डीएनए परीक्षण गर्नुपर्ने सम्भावना रहेको पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा। प्रमोदकुमार श्रेष्ठले तीन जना बंगलादेशीको पनि थप जानकारी पाए डीएनए (डिअक्सिराइबोन्युक्लिक एसिड ) परीक्षण गर्नु नपर्ने बताए। उनले भने, ‘तीन जना बंगलादेशीको सनाखतमा समस्या भएको छ।’ सनाखत नभएका तीन जनामा दुई पुरुष र एक महिला छन्।

फागुन २८ गते भएको उक्त विमान दुर्घटनामा २६ जना बंगलादेशीको निधन भएको थियो। जसमध्ये सनाखत भएका २३ जनाको बंगलादेशको सैनिक विमानबाट राजधानी ढाका लगिएको छ। उनीहरूका आफन्तले भाइबरबाट समेत महŒवपूर्ण जानकारी पठाएका कारण पहिचान गरी सनाखत गर्न सहज भएको फरेन्सिक मेडिसिन विभागका भिजिटिङ प्रोफेसर डा। हरिहर वस्तीले जानकारी दिए। बंगलादेशी सरकारले विमान दुर्घटनामा आफ्ना नागरिकको मृत्यु भएकोमा एक दिन राष्ट्रिय शोकको घोषणासमेत गरेको थियो।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा एक जना चिनियाँ नागरिकको समेत ज्यान गएको थियो। उनको शव पनि सनाखत भई बुझाइसकिएको फरेन्सिक विभागले जनाएको छ।

विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा आगलागी भएका कारण ज्यान गुमाएकाहरूको शरीरका विभिन्न अंग जलेका थिए। फरेन्सिक विभागले शनिबारदेखि नै शव सनाखत गरी आफन्तलाई बुझाउने प्रक्रिया सुरु गरेको थियो। सबै नेपालीको शव सनाखत गराई बुझाइसकिएको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा। श्रेष्ठले जानकारी दिए। दुर्घटनामा २२ जना घाइते भएका थिए। घाइतेमध्ये केहीको अझै उपचार भइरहेको छ भने अधिकांश उपचारपछि घर फर्किसकेका छन्।

उक्त विमानमा ३३ जना नेपाली, ३२ बंगलादेशी, एक जना चाइनिज, एक जना माल्दिभ्सका नागरिकका साथै चार जना चालक दलका सदस्य गरी ७१ जना सवार थिए। जसमध्ये ४९ जनाको मृत्यु भएको थियो। यो समचार अन्नपुर्ण दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७