विश्वकै पहिलो नागरिकताधारी रोबोटलार्इ नेपाल ल्याइँदै


६ चैत्र २०७४, मंगलवार
Robot sophia

 

काठमाडौं : नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।Robot sophia

विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो रोबोट सन् २०१५ मा एक्टिभ गरिएको थियो । तर यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो ।

मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ । जसका कारण सबैको योप्रति आकर्षण छ ।महिला रोबोट मानिएको यो सोफियाले बच्चा जन्माउने समेत चाहना राखेको बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७