नेपाली क्रिकेटप्रति धोनी नकारात्मक, किन भने यसो ?


६ चैत्र २०७४, मंगलवार
dhoni

काठमाण्डौं, ६ चैत : नेपाली क्रिकेटले विस्तारै सफलताको सिंढी चढ्न थालेको छ । यसले सम्पूर्ण नेपालीलाई खुशी बनाइरहेको छ ।
अहिले नेपाली क्रिकेटले अहिले जताततैबाट वाहवाही पाइरहेको छ । नेपालले ३० वर्षदेखि आइसीसीको सदस्य भए पनि पहिलो पटक अहिले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएको हो ।dhoni

यो खुशी अहिले नेपाली क्रिकेटर मात्र होइन सिङ्गो नेपालीले मनाइरहेका छन् । तर, यहि सुखद क्षणका बेला तर भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले भने नेपालले एक दिवसीय मान्यता पाउनुलाई त्यति सकारात्मक रुपले लिन सकेका छैनन् । उनले भारतको हिन्दूस्तान टाइम्सलाई भनेका छन्, ‘नेपालले एक दिवसीय मान्यता पचाउन सक्दैन ।’

धोनीले नेपालले एक दिवसीय मान्यता पाउने ग्लोवल क्रिकेट विकासका लागि वरदान भए पनि त्यो भने नेपालले पचाउन नसक्ने खरो प्रतिक्रिया दिएका छन् । गत शुक्रबार नेपाली टिमका कप्तान पारस खड्का र नेपाली टिमलाई बधाइ दिँदै भने ‘यो उनीहरुको मेहनतको नतिजा हो तर, मलाई यो लाग्दैन कि उनीहरुले यसलाई पचाउन सक्छन् ।’ उनले अगाडि भने, ‘खेलकुद मनोरञ्जनका लागि हो, नेपालीले केही सुधारोन्मुख भएको हेर्न चाहन्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७