चन्द्रमामा ८० रोपनी जग्गा किन्ने यी हुन् पहिलो नेपाली


६ चैत्र २०७४, मंगलवार
joshi

काठमाडौं, ६ चैत : महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक…’ कविताको अंशलाई सफलतासँग जोडेर उच्चाहरण गरिने गरिन्छ । काठमाडौं मखनका रमेशकुमार जोशीले महाववि देवकोटाको यहि कविताको अंशलाई सार्थक बनाएका छन् । अर्थात उद्देश्य लियो भने सफलता पाउन सकिन्छ भन्ने उनको कामले सिद्ध गरेको छ । joshi

उनले सानैमा आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थक बनेको छ । अहिले उनी चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक भएका छन् भन्दा जोक्स जस्तो लाग्न सक्छ । तर, वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा । त्यसका एक सदस्य हुन् नेपाली नागरिक रमेशकुमार जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक भएका छन् ।

संसारभरीका जिज्ञासुलेझैं ५४ वर्षीय जोशीले पनि सानैमा संयुक्त राज्य अमेरिकाका निल आर्मस्ट्रङ्ग र तात्कालीन सोभियत संघका यूरी गागारिनले प्रारम्भिक पाइला टेकेको सुनेका थिए । उनी भन्छन्, ‘त्यतिबेलै मभित्र हामी नेपाली पनि एक दिन त्यहाँ कसो पुग्न नसकिएला भनि कौतुहलता जागेको थियो ।’

१४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको ‘बे अफ रेन्बो’ मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण–पत्र समेत प्राप्त गरेकाका जोशीलाई त्यहाँसम्म पुग्न उनका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । अमेरिकी नेशनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका भाञ्जाको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता मात्रै थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७