राष्ट्रिय फुटवल टोली घोषणा, बिराज महर्जन बने कप्तान


६ चैत्र २०७४, मंगलवार
koji 2032018115326

काठमाडौं, ६ चैत : अर्को साता यमनविरुद्ध खेलका लागि २० सदस्यीय राष्ट्रिय फुटवल टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आज राष्ट्रिय टिम घोषणा गरेका हुन् । नेपालले एएफसी एसियन कपको छनोट चरणअन्तर्गत समूहको चैत १४ गते समूहको अन्तिम खेलमा यमनको सामना गर्दैछ । खेल कतारको राजधानी दोहामा हुँदैछ । koji 2032018115326 1000x0

विराज महर्जनको कप्तानीमा घोषित टोलीमा गोलरक्षक किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रन्जित धिमाल र देवेन्द्र तामाङ छन् । मिडफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल बल, सुमन लामा र सुजल श्रेष्ठ अटाए । आक्रमणको जिम्मेवारी विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र अञ्जन विष्टले सम्हाल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७