पूर्व राजाको साथ पाएपछि कसिए कमल, भने, ‘अब नयाँ तरिकाले अघि बढ्ने हो’


६ चैत्र २०७४, मंगलवार
rap

काठमाडौं, ६ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब नयाँ ढङ्गले पार्टी अगाडि बढाउने बताएका छन् । समसामयिक परिस्थिति, हिजोका कमी कमजोरीको समीक्षा गर्दै समाजका वर्ग, धर्म, पेशागत, समाजिक सेवामा पार्टीको महत्वपूर्ण भूमिका रहेर अघि बढ्ने अध्यक्ष थापाको भनाइ छ ।rap

बैशाखमा हुने केन्द्रीय परिषदमा संयोजित संगठनका अध्यक्षहरुलाई आफ्नो संगठनको कार्ययोजना तयार गर्न निर्देशन समेत दिएका छन् । बैठकमा विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि कमी कमजोरीलाई सच्याएर संगठनलाई चुस्तदुरुस्त बनाउने बताएका थिए ।

पार्टीको पाँचौ संयोजित संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै संयोजित संगठनहरुले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण, सैद्धान्तिक तथा बैचारिक कार्यक्रमहरुलाई पार्टीको समानान्तर रुपमा अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७