श्रम स्वीकृति लिन अब काठमाडौं आउनु पर्देन: मन्त्री बिष्ट

श्रम स्वीकृति इटहरी, जनकपुर र बुटवलबाट गर्ने निर्णय


६ चैत्र २०७४, मंगलवार

काठमाडौं, चैत्र ६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब श्रम स्वीकृति इटहरी, जनकपुर र बुटबलमा पनि गर्ने निर्णय गरेको छ ।

gokarna bista 1

सिंह दरबार मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण बिष्टले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन यस्तो निर्णय लिइएको जानकारी दिए ।

‘जुन क्षेत्रबाट बढी कामदार विदेश गएका छन। त्यही क्षेत्रमा श्रम स्वीकृति प्रदान गर्न कार्यालय स्थापना गर्नेछा ।’, मन्त्री विष्टले भने ‘पूर्वको इटहरी, दुई नम्बर प्रदेशको जनकपुर र पश्चिमको बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको हो ।’

उनले विद्यामान कानुनी व्यवस्था अनुसार निर्देशन समेत दिइसकेको बताउँदै तुरुन्त कार्यान्वयनमा लैजाने गृहकार्य सुरु भइसकेको बताए । मन्त्रालयका अधिकारीहरुका अनुसार तत्काल श्रम स्वीकृति दिन मिल्नेछ ।

उनले भने, ‘बिदामा आएका कामदार श्रम स्वीकृतिको लिनकै लागि अब काठमाडौं आइरहनु पर्देन् ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७