नेपाली क्रिकेटरलाई धुर्मुस–सुन्तलीको मात्र विश्वास


६ चैत्र २०७४, मंगलवार
Dhurmus Suntali Foundation 10

काठमाडौं, ६ चैत : क्रिकेटका खेलाडीहरुले आफ्ना माग, गुनासो वा सुझाव खेलकुदमन्त्री वा अन्य सम्बन्धित निकायमा राख्नु पर्ने हो । तर, अहिले नेपाली क्रिकेटरहरुले नेपालमा राम्रो रङ्गशाला बनाउन मन्त्रीको नभई धुर्मुस–सुन्तलीको मुख ताकेका छन् । केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए ।Dhurmus Suntali Foundation 10

सो भेटमा उनले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अत्यावश्यक भएकाले त्यसको पहलकदमी लिन धुर्मुसलाई आग्रह गरेका थिए । तर, रङ्गशाला निर्माण हुनुपर्नेमा धुर्मुस पूर्ण सहमत हुँदाहुँदै पनि उनले यसमा तत्काल आफू अघि बढ्ने प्रतिवद्धता भने जनाउन सकेनन् । त्यसको कारण हो, उनले त्यतिबेला ‘नमूना नेपाल’ नामको महत्वाकांक्षी परियोजनामा हात हालिसकेका थिए । नेपालले एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाइसकेपछि अन्तर्राष्ट्रियस्तरको रङ्गशालाको आवश्यकता झन् टड्कारो बनेको छ । बुधबार बिमानस्थलमा क्रिकेट खेलाडीहरु फर्कदा जम्मा भएको भिडले रंगशाला निर्माण हुनुपर्ने भन्दै नारावाजी नै गरेको थियो ।

चार वटा निर्माण परियोजना समयमा सम्पन्न गरेर पाचौं परियोजनामा तल्लिन रहेका धुर्मुसलाई अहिले ह्वारह्वार्ती म्यासेज र फोनहरु आउन थालेका छन् । सबैको जोड छ, अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको पहलकदमी धुर्मुस–सुन्तली फाउण्डेसनले लिनुप¥यो भन्ने । तर, एउटा बोझ टाउकोमै रहेको अवस्थामा अर्को थप्न धुर्मुसलाई सजिलो छैन ।
‘क्रिकेट रङ्गशाला निर्माणका लागि देशवासीमा ठूलो आतुरता मैले पाएको छु,’ धुर्मुस भन्छन्, ‘यस्तो आतुरता म स्वयम्मा पनि छ ।’

तर एकैसाथ दुईवटा ठूला परियोजना हाँक्नु चुनौतिपूर्ण हुन सक्ने उनको चिन्ता छ । ‘नमूना नेपालका लागि नै आर्थिक जोहो गर्ने काम नै बाँकी छ, त्यसमाथि रंगशाला पनि थपियो भने हामीले थेग्न गाह्रो हुन सक्छ,’ धुर्मुसले भने ।
रङ्गशाला निर्माण सरकारकै अग्रसरतामा हुनुपर्ने उनको ठहर छ । यदि सरकारले आर्थिक पाटोको जिम्मेवारी लिएर स्रोत उपलब्ध गराएमा आफूहरुले पूराना अनुभवका आधारमा निर्माणको संयोजन गर्न सक्ने उनले बताए ।

‘क्रिकेटप्रेमीहरु जुर्मुराएका बेला रङ्गशाला निर्माणका लागि आह्वान गर्दा स्रोत उठ्न सक्छ, तर, हामीले कतिवटा कामका लागि सहयोगको अपिल गर्ने, हाम्रो लागि पनि चिन्ताको विषय भएको छ,’ उनले भने । यसैबीच जनस्तरबाट रङ्गशाला निर्माणका लागि सामाजिक सञ्जालमा आह्वान गरेका हास्यकलाकार कुमार कट्टेल जिग्रीले पनि दाई धुर्मुसकै मुख ताकेका छन् । उनीसहित भद्रगोल टेलिश्रृंखलाको टिम मंगलबार धुर्मुससँग छलफल गर्न पुगेको थियो । सरकारले निर्माण गर्दा भन्दा धुर्मुस–सुन्तलीले निर्माण गर्दा छिटो र प्रभावकारी रुपमा सम्पन्न हुने धेरैको विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७