बन्धक बनाएर १५ वर्षे किशोरीमाथि १५ दिन ‘ग्याङ रेप’


६ चैत्र २०७४, मंगलवार
rape 1

काठमाडौं, ६ चैत : अहिले महिला तथा किशोरी दिनदिनै असुरक्षित बन्दै गएका छन् । पछिल्लो समय बलात्कारका घटनाहरु दिनहुँजसो बाहिर आइरहेका छन् । हालै काठमाडौंमै एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् ।rape 1

बौद्धिक अपाङ्गता भएकी एक १५ बर्षे किशोरीलाई चालक र सहचालक मिली बन्धक बनाई पटक–पटक बलात्कार गरेको खुलासा भएको छ । बल्खु जान हिंडेकी १५ बर्षे किशोरी सबै झरीसक्दा निदाएर वा अन्य कारण गाडीबाट नझरेको र सो थाहा पाएपछि चालक र सहचालक मिली अन्यत्रै लगी पटक–पटक बलात्कार गरेको खुलेको छ ।
दिसा–पिसाब पनि कोठाभित्रै गर्ने गरी ती किशोरीलाई बन्धक बनाएर लगातार १५ दिनसम्म चालक तथा सहचालकका ग्याङले बलात्कार गरेको खुल्न आएको छ ।

उक्त ग्याङले अन्तमा गर्भनिरोधक औषधि र २ सय रुपैयाँ हातमा राखीदिएर किशोरीलाई स्वयम्भूमा छाडिदिएको जानकारीमा खुल्न आएको छ । १७ फाल्गुनमा घरबाट हराएकी किशोरी ३० फाल्गुनमा घर पुगेपछि अभिभावकले दिएको उजुरीको आधारमा बलात्कारमा संलग्न चालक तथा सहचालकहरुमध्ये केहीलाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७