चलचित्र खेल्न राधिकाले दिइन् ‘अश्लिल अडिसन’


७ चैत्र २०७४, बुधबार
radhika

काठमाडौं, ७ चैत : बलिउड नायिका राधिका आप्टेले करिअर शुरुवातका बेला चलचित्र ‘देव–डी’ का लागि अडिसन दिंदा फोनमा अश्लिल कुरा गर्नु परेको बताएकी छन् ।’radhika

उनले त्यति बेला बोलेको कुराको व्यहोरा भने खुलाइनन् । अश्लिल कुरा गर्ने बेलामा उनी पूणेमा थिइन् । बलिउड नायिका राधिका आप्टे हालै नेहा धुपियाको शो ‘बीएफएफ विद वोग्स’ मा सहभागी भइन् । सो कुराकानीका क्रममा उनले केही गोप्य कुरा सार्वजनिक गरिन् । तुषार कपुरसँग डेटिङमा हुनुहुन्छ रे हो भन्ने प्रश्नमा राधिकाले जवाफ दिइन्, ‘उनीसँग मेरो फोन नम्बर समेत छैन ।’ उनले दक्षिण भारतीय फिल्ममा काम गर्ने क्रममा आफूमाथि यौन दुव्र्यवहार भएको कुरा गरिन् । उनको भनाई अनुसार एक फिल्मको काम गर्ने क्रममा हिरोले उनको पाइतालामा काउकुती लगाएका थिए ।

राधिका भन्छिन्, ‘मैले सहन सकिन एक थप्पड हानिदिएँ ।’ एउटा कार्यक्रममा एकता कपुरले राधिका आप्टे को हो म चिन्दिन भनेकी थिइन् । किन उनले त्यसो भनेकी होलिन् ? राधिकाले भेटेरै कुरा गर्ने जवाफ दिइन् । कुन निर्देशक रिटायर्ड हुन ठिक होला भन्ने प्रश्नको जवाफ दिँदै राधिकाले राम गोपाल बर्माको नाम लिइन् ।राधिकाले पछिल्लो पटक अक्षयकुमारको प्याडम्यानमा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७