विश्व चर्चित ‘रियालिटी साे’काे ‘द भ्वाइस अफ नेपाल’ हुने


७ चैत्र २०७४, बुधबार
the voice of nepal

काठमाडौं, ७ चैत्र । विश्व चर्चित गायन रियालिटी सो ‘द भ्वाइस’को फ्रेन्चाइज नेपालमा आयोजना गरिने भएको छ । ‘द भ्वाइस अफ नेपाल’ असारबाट प्रसारण सुरु हुनेछ । सोको निर्देशन नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले गर्नेछन् ।the voice of nepal

विश्वका १ सय ९१ देशमा प्रसारण हुने द भ्वाइसको फ्रेन्चाइजले गायनमा नयाँ प्रतिभा खोजीमा निकै प्रगति गरेको बताइन्छ । द भ्वाइस अफ नेपाल पनि अन्तर्रा्ष्ट्रियस्तरको हुने दाबी आयोजकको छ ।

शोमा दीपक श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा निर्णायकको रुपमा रहनेछन् । सुशील नेपालले होस्ट गर्ने सोका शीर्ष विजेताले २५ लाख नगद, एउटा कार तथा २० लाख रुपैयाँ बराबरको भिडियो एल्बम प्रकाशन तथा वल्र्ड टुरको अवसर पाउनेछन् ।

द भ्वाइस अफ नेपालसम्बन्धी एप्लिकेसनसमेत सार्वजनिक गरिएको छ । एप्लिकेसनले अडिसन दिने प्रतिभाहरूलाई घन्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गर्ने दाबी गरिएको छ । प्रतियोगिताको भिडियो द भ्वाइस ग्लोबल नामक अन्तर्रा्ष्ट्रिय भिडियो च्यानलबाट प्रसारण गरिनेछ ।
असारबाट प्रसारण हुने यो रियालिटी सो कुन टीभीमा प्रसारण हुनेछ भन्ने चाहिँ खुलाइएको छैन् । डट टिभीबाट सुरू भएको यो यो रियालिटी सोको पहिलो श्रृङखलाका रूपमा ‘द भ्वाइस अफ हल्यान्ड’ आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७