को हुन् रोबोट सोफिया ?


७ चैत्र २०७४, बुधबार
sophia ktm

काठमाडौं, ७ चैत : सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो । हङकङको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनै पर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन् । नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, ‘यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु । नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो ।’sophia ktm

असाधारण क्षमता

सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन् । वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची छ । सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन । तर डेविड ह्यान्सन भन्छन्, हामीले केही वर्ष्भित्र त्यो हुन सक्ने अपेक्षा गरेका छौं ।

छोरी पाउने चाहना

गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै ’परिवार हुनु महत्त्वपूर्ण कुरा’ भएको उल्लेख गरेकी थिइन् । संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ । मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ ।’ छोरीको नामबारे जिज्ञासा राख्दा उनले सहज ढङ्गले भनिन्, ‘सोफिया ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७