आमिर खान दुनियाँकै सबैभन्दा ठूला सुपरस्टार


७ चैत्र २०७४, बुधबार
Aamir debutant

काठमाडौं, ७ चैत : बलिउड अभिनेता आमिर खान कम चलचित्रमा खेल्छन् । उनी चलचित्रको संख्या बढाउनेमा भन्दा गुणस्तर सुधार्नेमा तल्लिन देखिन्छन् । आफ्नो खुबीका कारण आमिर आफ्नो समयका अभिनेता भन्दा धेरै अगाडि रहेको चलचित्र क्षेत्रका जानकार बताउँछन् ।Aamir debutant

उसो त बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले सफलता त्यसै हात पारेका होइनन् । अब उनको अभिनयको ‘वाहवाही’ भारतमा मात्र सीमित छैन । उनलाई दुनियाँले हेर्न थालेका छन् । पछिल्लो समय चीनमा उनको फिल्मलाई चिनियाँ दर्शकले अत्याधिक रुचाउँदै आएका छन् ।

उनको पछिल्लो तीन फिल्म ‘पीके’, ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’ विश्वभरमा सबैभन्दा धेरै कमाई गर्ने ‘टप पाँच’ फिल्मको लिस्टमा सामेल छ । ‘दंगल’ ले १९०८ करोड र ‘सीक्रेट सुपरस्टार’ ले ८७४ करोडको कमाई गर्दै दुई फिल्मले चीनको बक्सअफिसमा धूम मच्चाएको थियो । चीनमा उनी चिनियाँ अभिनेतापछि सबैभन्दा धेरै हेरिने अभिनेता हुन् र विदेशी मुलुकमा आफ्नो स्टारडम साबित गर्नका लागि यो नै काफी छ ।aamir khan ghajini 800

चीनमा १.४ अरब र भारतमा १.३५ अरबको जनसंख्याले आमिरलाई विश्वकै सबैभन्दा ठूलो सुपरस्टार बनाई दिएको छ ।
विदेशी देशबाट प्राप्त भएको जबरजस्त मायालाई लिएर आमिरले भनेका छन्, ‘चीनमा मेरो लोकप्रियता मात्र एक दुर्घटना थियो ।’ उनी थप्छन्, ‘कैयौं व्यक्ति यो जान्दैनन् कि २००९ मा ‘३ इडियट्स’ चीनमा पाइरेसीबाट रिलिज भएको थियो । ‘पीके’ र यहाँसम्म कि टिभी शो ‘सत्यमेव जयते’ पछि मात्र चीनका दर्शकले मेरो कामलाई फलो गर्न थालेका हुन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७