‘मेस्सी आर्ट’ मा नेपाली कलाकार विजेता


७ चैत्र २०७४, बुधबार
leo messi Snc734mBbQ

काठमाडौं, ७ चैत : बार्सिलोना तथा अर्जेन्टनाका चर्चित स्टाइकर लियोनेल मेस्सीले आयोजना गरेको ‘मेस्सी आर्ट’ प्रतियोगितामा नेपाली कलाकार विजयी बनेका छन् ।leo messi Snc734mBbQ

अनलाइन भोटिङमार्फत नेपालका सनिल चित्रकार विजयी बनेका हुन् । विजेताले मेस्सीले हस्ताक्षर गरेको जर्सी प्राप्त गर्नेछन् । उनको चित्रलाई सान्ट जोन डि डेउ अस्पताललाई लिलामीका लागि प्रदान गरिने जनाइएको छ ।

लिलामीबाट उठेको रकम क्यान्सरपीडित बालबालिकाका लागि प्रयोग गरिने छ । लियोनेल मेस्सी स्वयम्ले आफ्नो आधारिक फेसबुक पेजबाट विजेताको घोषणा गरेका हुन् । उनले यसमा २५ हजारभन्दा बढी भोट प्राप्त भएको जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७