गोर्खा ब्रुअरीले बढायो वाटर ट्रिटमेन्ट प्लान्टको क्षमता


८ चैत्र २०७४, बिहीबार
gorkha

 

काठमाडौं: गोर्खा ब्रुअरीले गैंडाकोटको उद्योगमा रहेको वाटर ट्रिटमेन्ट प्लान्टको क्षमता बढाएको छ । उद्योगबाट निस्केको फोहोर पानीलाई शुद्धीकरण गरेर नारायणी नदीमा मिसाउन वाटर ट्रिटमेन्ट प्लान्टको क्षमता बढाएको हो ।gorkha

करिब ८ करोड लगानीमा गोर्खा ब्रुअरीले अहिले वाटर ट्रिटमेन्ट प्लान्टको निर्माण गरेको छ । गोर्खा ब्रुअरीको क्वालिटी प्रमुख महेशकुमार झाका अनुसार हालै मात्रै यो वाटर ट्रिटमेन्ट प्लान्टको क्षमता बढाइएको छ ।

उद्योग स्थापनादेखि नै वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालनमा रहेको भएपनि अहिले यसको क्षमता वृद्धि गरिएको मात्रै हो । उनले भने, ‘नेपालमा ३र४ वटा उद्योगले मात्रै यस्ता ट्रिटमेन्ट प्लान्ट राखेका छन्, त्यसमध्ये हामी पनि एक हो, किनकी हामी वातावरण संरक्षणका लागि प्रतिबद्ध छौं ।’

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ट्रिटमेन्ट प्लान्टको सञ्चालन गरिरहेको उनको भनाइ छ । र, यो उद्योगको ट्रिटमेन्ट प्लान्टबाट निस्केको पानीको गुणस्तर इन्टरनेशनल अर्गनाइजेशन् फर स्टायडण्र्डडाइजेशनका (आइएसओ) को मापदण्ड बमोजिम रहेको ओझा बताउँछन् ।

अहिले यो उद्योगबाट बाहिर निस्केको पानीमा केमिकल अक्सिजन डिमान्ड १ सय १० एमजी छ । पानीमा यस्तो मात्रा २ सय ५० एमजीभन्दा बढी हुनु हुँदैन ।

त्यसैगरि वायोलोजिकल अक्सिजन डिमान्ड ५६ एमजी छ । आइएसओका अनुसार यसको मात्रा १ सय एमजीसम्म भन्दा बढी हुनु राम्रो हुँदैन । र, पावर अफ हाइड्रेसन् ५.९ देखि ९ एमजीसम्म हुनु राम्रो मानिन्छ । गोर्खा ब्रिअरीको उद्योगबाट निस्केको पानीमा यसको मात्रा ८.५ एमजी छ ।

डिजल्भ अक्सिजनको मात्रा १ देखि ३ एमजी हुनुपर्छ । यो उद्योगको ट्रिटमेन्ट प्लान्टबाट निस्केको पानीमा १.५ एमजी रहेको छ । स्थापनाकालमा यो उद्योगको ट्रिटमेन्ट प्लान्टको क्षमता ४ सय एमक्यु थियो । यसलाई बढाएर ७ सय ५० एमक्यु बनाइएको छ ।

उद्योगले अहिले २ हजार हेक्टोलिटर बराबरको बियर उत्पादन गर्दै आएको छ । यो पानी शुद्ध भएकाले अब यसबाट निस्केको पानीमा माछा पाल्ने समेत गोर्खा ब्रुअरीको तयारी छ ।

सन् १९८९ मा स्थापना भएको यो उद्योग सात हेक्टर भन्दा बढी जग्गामा फैलिएको छ । यसले सुरुमा उत्पादन गरेको टुबोर्ग बियर १९९० बाट उत्पादन हुन सुरु गरेको हो । गोर्खा ब्रुअरीले अहिले टुबोर्ग, गोर्खा र काल्र्सबर्ग उत्पादन गर्दै आएको छ । साथै एप्पल साइडर सोमर्सबी पनि यसले उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७