पार्टी एकीकरणका लागि पद मिलाउन माओवादीको वैठक, सेट मिलाउने दावी


९ चैत्र २०७४, शुक्रबार
prachanda dahal

काठमाडौं, ९ चैत : नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकीकरणपछिको पोर्टफोलियो मिलाउन विस्तारित बैठकको तयारी थालेको छ ।Prachanda 1

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार आइतबारसम्ममा पार्टी एकीकरणका लागि बनेको कार्यदलले अन्तरिक राजनीतिक प्रतिवेदन बुझाएपछि एकीकरणले गति पाउने भएपछि नेताहरूको पोर्टफोलियोका विषयमा बहस गर्न विस्तारित बैठक डोकेको छ ।

शुक्रबार संघीय समाजवादी फोरमबाट माओवादी केन्द्रमा प्रवेश गरेका अजम्बर काङमाङलाई स्वागत गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन् । प्रचण्डले एमालेसँग पार्टी एकता हुँदा सबै नेतालाई उचित ढङ्गले संगठनमा राखिने बताए । एमाले–माओवादी केन्द्र गठबन्धनले राजनीतिक र सािंगठनिक विषय हल गर्न दुई कार्यदल बनाएको थियो । ‘त्यसका लागि विस्तारित वैठक डाकिएको हो’, उनले भने, ‘तपाईहरुलाई उचित ढङ्गले संगठनात्मक सेटमा राख्न सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७