रेकर्ड गरेर राखे हुन्छ, दुर्इ वर्षमा रेल चल्छ, नेपालको पानी जहाज हुन्छ : प्रधानमन्त्री ओली


९ चैत्र २०७४, शुक्रबार
KP Oli
e[s’6Ld08kdf cfh z’qmaf/ b]lv % lbg ;Dd rNg] @( cf}+ /fli6«o cf}Bf]lus j:t’ tyf k|ljlw k|b{zgL sfo{qmdsf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा दुई वर्ष भित्र रेलसँगै समुन्द्रमा नेपालको पानी जहाज चलाउने उदघोष गरेको छ ।  शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफनो मजाक उडाउनेहरुलाई जवाफ दिने बताएको हो ।

KP Oli

नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उनले काठमाडौँ उपत्यकामा रेल र विसं २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्ने बताए ।

‘२ वर्षअघि मजाक उडाएका थिए । अब २ वर्षपछि ठट्टा गर्ने मान्छेको हुन् भेटिने छैनन् । किनभने रेल कुद्छ’, उनले भने, ‘हुनसक्छ अर्को साल नभए २०७५ साल नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान मान्छे बोकेर हिँड्छ हामी देखाउँछौं । रेकर्ड गरेर राखे हुन्छ ।’
उनले समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री ओलीले सर्वा्धिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै ‘देश बनाउका लागि म कृतसंकल्पित छु, हाम्रो टिमको अठोट छ, मुलुक समृद्धिको बाटोमा अघि बढ्छ’, उनले भने ।

उद्योगी तथा व्यवसायीको मनोवल कमजोर हुन नदिने बताउँदै उनले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गरेर अगाडि बढिने स्पष्ट पारे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा रहेकाले औद्योगिक क्षेत्रका समस्यालाई सम्बोधन गरेर आगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘भाषण होइन, काम गरेर देखाउनेछौँ ।’ प्राथमिकताका आधारमा लघु, घरेलु उद्योगलाई स्थापित एवं संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिँदै मन्त्री यादवले निजी क्षेत्र र सरकार मिलेर मुलुकको विकासमा जुट्ने बताए ।

उद्योग सचिव यामकुमारी खतिवडाले स्थानीय श्रममा आधारित तुलनात्मक लाभ भएका लघु, घरेलु तथा साना उद्योगको विकास, प्रवद्र्धन एवं संरक्षणको आवश्यकता भएको उल्लेख गर्दै देशको सुगम तथा दुर्गम क्षेत्रमा छरिएर रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरेर अगाडि बढिने बताए ।

पाँच दिनसम्म भृकुटी मण्डपस्थित प्रदर्शनी कक्षमा हुने सो प्रदर्शनीमा ७७ जिल्लाका उद्यमीले ३०० कक्षबाट आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी शुरु गरेका हुन् । यस अवधिभर करीव पाँच लाख दर्शकले अवलोकन गर्ने र रु आठ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७