चिट चोर्न नदिएको भन्दै विद्यार्थीहरु आन्दोलित, १ सय ४३ विद्यार्थी निष्कासित


१० चैत्र २०७४, शनिबार
chit

धनुषा, १० चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अनुगमन टोलीले परीक्षामा कडाई गरेपछि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । स्नातकोत्तर दोस्रो र स्नातक चौथो वर्षको परीक्षामा कडाइ गरेपछि जनकपुरको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसका परीक्षार्थी शुक्रवार प्रदर्शनमा उत्रिएको हो ।

khosdaijanakp
फाइल तस्बिर ।

 

परीक्षार्थीले नियमित पढाइ नभएकाले परीक्षामा कडाइ गर्न नमिल्ने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उतारिएका परीक्षार्थीले भने, ‘पढाउने बेलामा क्याम्पस प्रमुख र त्रिविले कुनै पहल नगर्ने र परीक्षामा कडाइ गरेर विद्यार्थीको भविष्यसँग खेलबाड गर्न मिल्दैन ।’
राराब क्याम्पसमा भइरहेको परीक्षामा चिट चोरी भइरहेको गुनासोपछि त्रिविले सह–नियन्त्रक अखिलेश कुमार सिंहलाई जनकपुर खटाएको थियो । उनी आएदेखि नै परीक्षामा कडाइ गरिएको छ ।
त्रिविका सह–नियन्त्रक सिंहले मंगलबारदेखि परीक्षामा कडाइ गर्दै चिट चोरी गर्ने विद्यार्थीलाई निष्कासित गर्न थालेका छन् । स्नातकोत्तर दोस्रो वर्षको परीक्षामा मंगलबारदेखि शुक्रवारसम्म चिट चोरी गरेका १ सय ४३ जना विद्यार्थीलाई निष्कासन गरिएको त्रिविका सह–नियन्त्रण सिंहले जानकारी दिए । त्रिविले स्नातकतहको परीक्षामा समेत निगरानी बढाएको उनले बताए ।

स्नातक परीक्षाको अनुगनका क्रममा शुक्रवार राराब क्याम्पसबाट ४ जना र राजर्षि जनक क्याम्पसको परीक्षा केन्द्रबाट ३ जना गरी ७ जना परीक्षार्थीलाई चिट चोरेकै आरोपमा निष्कासन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७