ऐतिहासिक प्रतिवेदन बुझाइएपछि प्लमस्टेडमा गेसोको जानकारी सभा


११ चैत्र २०७४, आईतवार
Gaeso Plam strit 1

लन्डन, ११ चैत्र । नेपाल र बेलायत सरकारलाई गोरखाहरूको समस्या समाधानार्थ ऐतिहासिक प्रतिवेदनपछि गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) पहिलो जानकारी सभा सम्पन्न गरेको छ । गेसो शाखा कमिटी प्लमस्टेडको आयोजनामा प्रथम जानकारी सभा शनिवार सम्पन्न भएको हो । Gaeso Plam strit 2

सेवा निवृत्त गोर्खा सैनिकहरूको समस्या अध्ययन् गर्न बनेको त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम प्रतिवेदन बिहीबार(मार्च २२ तारिख) बेलायत सरकार र नेपाल सरकारलाई बझाइएको थियो ।

कार्यक्रममा गेसोका सभापतिले कृष्णकुमार राई समिति बुझाएको प्रतिवेदनको बारेमा जानकारी गराएका थिए । उनले प्रतिवेदनको बारे स्पष्ट पार्दै गेसो माथिको भ्रमपूर्ण अभिव्यक्तिहरूको खुलेरै चुनौतीको दिए ।

यस्तै गोरखाहरूको समस्या समाधानको निम्ति नेत्रृत्वदायी भूमिका निर्वाह गरिरहेको र सिड्गो गोरखा आन्दोलनको इतिहास बोकेको गौरवशाली सङ्घ गेसोलाई कसैले तोडमोड गर्न गराउने नसक्ने बताए ।

यस्तै सभामा कोषाध्यक्ष देवीमाया पुनले सङ्घले अघि सारेका पञ्चवर्षिय योजना बारे स्पष्ट पारेकी थिइन् ।

सभाका प्लमस्टेडका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।Gaeso Plam strit 1

Gaeso Plam strit 3

 

याे पनि पढ्नुहाेस्
नेपाल र ब्रिटिस सरकारलाई गोर्खाहरुको प्रतिवेदन बुझाइयो, के छ प्रतिवेदनमा ?
‘गोर्खाहरुको मुद्दा सम्बोधन भए देशमा खर्बौ पैसा भित्रिन्छ’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७