उखुमिलको गेटमा वडाध्यक्षको अनसन


११ चैत्र २०७४, आईतवार
jagannath

सर्लाही, ११ चैत । नेकपा एमालेका पोेलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले उखुको भुक्तानी माग गर्दै अनसनरत हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुव रेजाको अवस्था बारे जानकारी लिएका छन् ।

jagannath
उनले मध्यान्ह १२ बजे अनसन स्थल इंन्दुशरक चिनी उद्योगको मूल गेटमै अध्यक्ष रेजाको अवस्थाका विषयमा जानकारी लिएका हुन् । पोलिटव्यूरो सदस्य खतिवडाले उखु किसानहरुको माग जायज भएकोले उद्योगले किसानलाई ठुलो अन्याय गरिरहेको बताए । किसानले थालेको आन्दोलनप्रति म र म सम्मिलित पार्टी नेकपा एमालकोे पूर्ण समर्थन छ ।

किसानको समस्या समाधान गर्न नेपाल सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्छ, पोलिटव्यूरो सदस्य खतिवडाले भने । उखुको नयाँ मूल्य ५३६ रुपैयाँ ५६ पैसा कायम भएको छ । उद्योगमन्त्री मात्रिकाप्रसाद यादव, कृषिमन्त्री र किसान प्रतिनिधिबीच शनिबार काठमाडांैमा भएको वार्ताले उखुको नयाँ मूल्य ५३१ रुपैयाँ २० पैसाबाट बढाएर ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको वैठकमा सहभागी किसान नेता कमल बुढाथोकीले बताए ।
बैठकमा सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामेश्वर राय, प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली, उद्योगी शशिवावु अग्रवाल, हितेश गोल्छा समेतको उपस्थित रहेको थियो । साथै किसानले बिक्री गरेको उखुको भुक्तानीका लागि आइतबार दिउँसो १ बजेभित्र तालिका सार्वजनिक गर्न उद्योगीलाई मन्त्री यादवले निर्देशन दिएका नेता बुढाथोकीले जानकारी दिएका छन् । उखुको भुक्तानी नगर्ने उद्योगीलाई पक्रेर हतकडी लगाई ठगी मुद्दा चलाइने उद्योगमन्त्री यादवले बताएको जानकारी उनले दिएका छन् ।
मूख्यमन्त्री राउत आज सर्लाही आउने
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत आज हरिवन आउने भएका छन् । उनीसंगै प्रदेश नम्बर २ का उद्योग मन्त्री र कृषि मन्त्री पनि सर्लाहीको हरिवन आउने एक उखु कृषकले बताएका छन् । ईन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी नदिएपछि चरणबद्ध आन्दोलनमा उत्रिएका किसानसँग भेटघाट गरी समस्या समाधान गर्न उनीहरु आइतबार सर्लाही आउन लागेको नेता उप्रेतीले बताएका छन् । उनी आइतबार दिउँसो २ बजे हरिवन आउने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७