संगीतकारको यौन दुर्व्यवहारबारे यी पाँच गायिकाले बोलेपछि…


१२ चैत्र २०७४, सोमबार
singer ladies

 काठमाडाैं, १२ चैत्र । पाँच गायिकाले हिम्मतसाथ संगीतकारमार्फत हुने यौन दुर्व्यवहारबारे बोलेपछि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले स्टोरीलाई ‘ग्रान्ड डिजाइन’को संज्ञा दिँदै गायिकामाथि धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरे, ‘हामीलाई जोगी बनाउन गरिएको ग्रान्ड डिजाइनको पछि नलागौं । हाम्रा विरुद्धमा उभ्याइएका ती निर्दोष चेलीहरुलाई गुरुहरुको श्राप नलागोस् !’singer ladies

बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकको कभर स्टोरीबारे उनको धारणा शनिबार सार्वजनिक भएको थियो । फेसबुकमामार्फत् उनले सार्वजनिक गरेको अभिव्यक्ति संगीतकारको हैसियतमा हैन संगितकार संघको अध्यक्षको हैसियतमा थियो । संघ यत्तिमै रोकिएन । गायिकालाई बयानका लागि बोलाउने, बहिष्कार गर्नेसम्मका धम्कीको चर्चा चुलियो ।

गायिकाहरु एन्जिला रेग्मी, मिना सिंह, सरु गौतम, सुशीला पाठक र प्रविशा अधिकारीले संगीतकारबाट हुने यौन दुव्र्यवहारविरुद्ध मुख खोल्ने साहस गरेका थिए । शेषको धम्कीपछि साहसका साथ सांगीतिक क्षेत्रका केही यौन पिपासुबारे मुख खोलेका गायिकाहरुले भटाभट स्टाटस लेख्न थाले । उनीहरुले ‘आफूले भोगेको तीतो अनुभव सार्वजनिक गरेको तर सबै संगीतकारलाई आरोप नलगाएको भन्दै’ सामाजिक सञ्जालमा लेख्न थाले ।

मीनाले लेखिन्, ‘मेरो सांगीतिक यात्रामा केही नराम्रा अनुभव पनि छन् तर यो क्षेत्रमा मलाई ब्रेक दिनुहुने लक्ष्मण शेष सरजस्तो व्यक्तिहरु पनि हुनुहुन्छ जसले मलाई छोरीको दर्जा दिनुभा’को छ र अहिलेसम्म मलाई सहयोग गरिरहनुभ’को छ ।’

के संघ खराब संगीतकारहरुको संरक्षक हो त रु शुक्रबारले संघका अध्यक्ष शेषसँग जिज्ञासा राख्दा उनी नरम देखिए । ‘हुँदै होइन, खराब काम गरेको खण्डमा संगीतकारलाई मात्र के मेरो बुबालाई पनि छोड्नुहुन्न,’ उनले भने, ‘कोही बदमास छन् भने उनीहरुलाई कारबाही गर्नुपर्छ । गायिकाहरुलाई धम्क्याएको होइन ।’

हिम्मतको प्रशंसा
सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस चर्कंदै गए पनि सरोकारवाला संस्था र व्यक्तिहरु भने मौन नै बसे । बौद्धिक मानिनेहरुले समेत मुख खोल्ने आँट गरेनन् ।

शुक्रबारले सांगीतिक क्षेत्रका परिचितसँग यसबारे उनीहरुको धारणा सोध्दा भने सबैले पाँच गायिकाको साहसको प्रशंसा गरे । कवि एवम् संगीतकार संगीत श्रोताले ‘गायिकाहरुले जसरी बोले, त्यो वास्तवमै जोखिम, साहस र आँटिलो कदम’ रहेको भन्दै प्रशंसा गरे ।

‘यस्तो समस्या संगीत क्षेत्रमा मात्रै नभएर अरु क्षेत्रमा पनि छ । त्यसैले संगीत जगत्बाट यसरी आवाज उठ्दा सिनेमा, साहित्य, राजनीति लगायत सामाजिक जीवनसँग सम्बन्धित अभियन्ता र अधिकारकर्मीको पनि ध्यानाकर्षण हुन जरुरी छ,’ उनले भने ।

विन्ध्यवासिनी म्युजिक कम्पनीकी अध्यक्ष लीना रेग्मीले विविध कारणले बोल्न नसकेका सयौं आवाजविहीन युवतीहरुको आवाज पाँच गायिकाले बोलेको भन्दै तारिफ गरिन् ।

‘म उनीहरुको हिम्मतलाई सलाम गर्छु,’ उनले भनिन्, ‘संगीत क्षेत्रको यो मैला सफा गर्न अत्यावश्यक छ । सुरुवात भयो । खुसी लाग्यो ।’

गायिका जिना रसाइलीले पाँच गायिकाको हिम्मतको प्रशंसा गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘हरेक महिला र नयाँ कलाकारले भोग्नु पर्ने पीडा हो यो । कोहीले खुलेर विरोध गर्छन्, कोही अवसर गुमाउने डरमा सहेर बस्छन् । यसले गर्दा झन् गलत गर्नेहरु प्रोत्साहित हुन्छन् । दुव्र्यवहारको खुलेर विरोध गरौं ।’

बहिष्कारको धम्की १
एकातिर गायिकाको साहसी कदमको प्रशंसा भइरहेको छ भने उता संगीतकारहरु मुख खोल्ने गायिकालाई ठीक पार्ने रणनीतिमा छन् । स्रोतका अनुसार संगीतकारको एक समूहले उनीहरुले माफी नमागे कडा नीति अपनाउन संगीतकार संघलाई दबाब दिइरहेका छन् ।
संगीतकार संघका अध्यक्ष शेषले भने यसलाई स्वीकार गरेनन् । उनले दुव्र्यवहारविरुद्ध बोलेका पाँच गायिकालाई संघले प्रोत्साहन गर्ने तयारी गरेको दाबी गरे । उनले भने, ‘म ती गायिकाहरुलाई सम्मानित स्थानका साथ अगाडि आउने वातावरण दिनुपर्छ भन्छु । नआत्तिनुस्, संघको पूरा समर्थन र साथ हुन्छ ।’

… …

‘जब मैले यौन दुव्र्यवहारविरुद्ध बोले…’
एन्जिला रेग्मी, गायिका
संगीत क्षेत्रलाई सम्मान गर्ने भएकैले यो क्षेत्रको विकृतिविरुद्ध बोल्ने हिम्मत गरेकी हुँ तर मैले यसरी बोल्दा संगीतकार उल्टै रिसाउलान् भन्ने मैले कल्पना पनि गरेकी थिइनँ ।

मलाई त लागेको थियो– खराब संगीतकारविरुद्ध बोल्दा असलहरु खुसी होलान् तर आफूले भोगेको दुव्र्यवहारविरुद्ध बोल्दाको प्रतिक्रिया त्यस्तो आएन ।

Anjila%20Regmi march25

कतिपयले पोल नै खोलिसकेपछि नाम किन नभनेको भनेर गुनासो पोख्नुभयो । कतिपयले दुई वर्षअघिको घटना अहिले किन भनेको भनेर प्रश्न गर्नुभयो ।

पीडा मैले भागेँ । भोगेको कुरा हिम्मतसाथ बोलेँ । तैपनि हाम्रो समाजले मैमाथि प्रश्न गर्दा मलाई बडो दुःख लाग्यो । एउटा संगीतकारबाट भोगेको कुरा सुनाएकी हुँ अरु संगीतकार पनि रिसाएको सुनेँ तर मेरो नियत असललाई चोट पु¥याउने थिएन ।

मेरो लक्ष्य व्यक्तिभन्दा प्रवृत्ति सार्वजनिक गर्ने हो । त्यसैले जसले यस्तो खराब व्यवहार गरे, उनको नाम नभनेकी हुँ । तर अफिसको लोकेसन प्रस्टसँग भनेकी छु, त्यति भन्दा संगीतकर्मीहरुले सजिलै चिन्नुपर्ने हो ।

कतिपयले चर्चामा आउनका लागि यसरी बोलेको होला भनेर आशंका गर्नुभयो । मैले आफैँ शुक्रबारलाई मैले यस्तो भोगेको छु, स्टोरी लेखिदिनु प¥यो भन्दै गएकी थिइनँ । शुक्रबारले मसँग संगीत क्षेत्रमा गायिकामाथि संगीतकारबाट भइरहेको दुव्र्यवहारबारे स्टोरी बनाइरहेको र आफूसँग अनुभव भए सेयर गर्न अनुरोध गरेपछि बोलेकी हुँ ।

मैले चर्चा कमाउँछु या सुपरहिट हुन्छु भन्ने नियतले बोलेकी थिइनँ । मैले भोगेको अनुभव मिडियामार्फत् साटेँ भने भोलि यही क्षेत्रमा प्रवेश गर्न चाहिरहेकाहरुलाई खराब प्रवृत्तिबाट जोगिन सहज हुन्छ होला भन्ने सोचेकी थिएँ । सँगसँगै मलाई ठूलो साहस देखाएको भन्दै धेरैले प्रशंसा पनि गर्नुभयो । सबैभन्दा ठूलो कुरा त मेरो परिवार ९ममी, ड्याडी०ले मेरो यो हिम्मतको तारिफ गर्दा मैले आफूले राम्रो काम गरेको महसुस गरेँ ।

म त म्युजिक क्षेत्र छाडेर विदेश जाने निर्णय गरिसकेकी व्यक्ति थिएँ । परिवारकै जोडबल र समर्थनले यही क्षेत्रमा अडिएकी हुँ । त्यसैले मैले भोगेजस्तो व्यवहार अरुले भोग्न नपरोस् भनेर बिना कुनै त्रास बोलेकी हुँ ।

तर त्यतिबेला दुःख लाग्यो, जब कतिपयले ‘तिम्रो यसरी बोल्ने बेला भएको छैन, तिमीलाई धेरैले चिन्दैनन्’जस्ता प्रतिक्रिया दिए ।

आफूले भोगेको पीडा बोल्नलाई चर्चित नै हुनुपर्छ रु समय कुरेर बस्नुपर्छ र रु हाम्रो समाजको चेतना देख्दा÷सुन्दा दुःख लाग्दोरहेछ । ‘सबै संगीतकार दुधले नुहाएका छैनन्’

‘बाबासँगै जाँदा गीत नै क्यान्सिल गरिदिए’
आकांक्षा बस्याल,गायिका 
अहिले गायिकाहरुले यौन दुव्र्यव्यवहार विरुद्ध आवाज उठाएको पढ्दा खुसी लाग्यो । आवाज उठाउनु धेरै राम्रो कुरा हो तर सही समयमा आवाज उठाउँदा अझ राम्रो हुन्छ । पहिल्यै विरोध गरेको भए धेरै चेली सचेत हुनसक्थे तर ढिलै भए पनि राम्रो भयो ।

aakanshyaa%20basyal

संघर्षका सुरुवाती दिनमा र रेकर्डिङ स्टेजमा जाँदा आफ्नो परिवारको सदस्य लिएर जान्थेँ । १–२ ठाउँ बाबासँग जाँदाखेरी ‘बाउसँग आको छ गीत अर्कै गायिकालाई दिने अब’ भनेर गीत क्यान्सिल भएको क्षण पनि भोगेकी छु ।

स्टेज कार्यक्रमका लागि बाबालाई ‘तपाई नआउनु होला, छोरीलाई मात्र पठाइदिनू, तपाईं हिँड्नु भयो भने छोरीले प्रगति गर्न सक्दिन’ भनेर भन्थे ।

मलाई पनि कतिले यस्तै भने तर मलाई त्यस्तो भन्नेहरुको कार्यक्रम र गीतमा संलग्न हुनु थिएन, भइनँ पनि । अभिभावकको साथ भयो भने झन अगाडि बढ्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

गलत मानसिकता भएका मान्छेबाट टाढै बसेको राम्रो । हिट हुन र स्टेज पाउन सम्झौता गर्न तयार हुनुहुँदैन । आफू धैर्य भएर मिहिनेत गर्ने हो भने एक न एक दिन अवश्य सफल भइहालिन्छ ।

‘कलाकार बनाइदिन्छु भन्दै शोषण गर्नेहरु छन्’
प्रीति आले, गायिका
चार वर्षअघिको कुरा हो । मेरो भर्खरै ‘चौतारीमा वरपीपल’ भन्ने गीत रिलिज भएको थियो । गीतको भिडियोमा म आफैँले खेलेकी थिएँ । एउटा मान्छेले भिडियो हेरेछ । मेरो नम्बर कताबाट मागेछ अनि मलाई संगीतकार भन्दै कल गर्यो। नाम Preeti%20Ale

समथिङ रमेश कि के भन्थ्यो १ मुभीमा संगीत गरेको छु भन्थ्यो । मलाई गीत गर्नु छ, भेट्नुपर्यो बैनी भन्दै कल गर्यो ।उत्साहित हुँदै भेट्न गएँ । बागबजारमा भेट भयो । कफी पिउँदै कुरा हुँदै थियो ।

कुरा गर्दै जाँदा उसले त ‘म तिमीलाई अमेरिका लान्छु, म डकुमेन्ट्री गरिराछु । थुप्रै  हिरोइनले मलाई राख भनिरा’को छ । तर मैले  खोजेजस्तो क्यारेक्टर तिमीमा पाएँ’ भन्न थाल्यो ।

अमेरिका पुगेपछि यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्न थल्यो । त्यति भनिन्जेलसम्म त ठीकै थियो । पछि त ‘भोलि पासपोर्ट लिएर एक्लै आऊ, मलाई क्राउड अलि मनपर्दैन, टाढा जाऊँला’ भनेर फोर्स गर्न थाल्यो ।  त्यसरी फोर्स गर्नासाथ मेरो त टिङरिङ्ग दिमागमा घण्टी बजिहाल्यो । भोलि कुरा गरौंला भनेर त्यहाँबाट फर्किएँ ।

सम्झिदै रिस उठ्यो । फर्किनेबित्तिकै फोन गरेँ । ‘दाइ तपाईंको सबै राम्रो लाग्यो, अफर गर्नुभयो, धन्यवाद तर एक्लै र टाढा जाऊँ भन्ने कुराले चित्त दुख्यो । अरुलाई अफर गर्नुस्, म काम गर्न सक्दिनँ ।’ पछिसम्म मलाई त्यो कुराले सोच्न बाध्य बनायो । कलाकार भई बाँच्न सजिलो रहेनछ भन्ने थाहा भयो । यहाँ त कतिपय कलाकारले कलाकारलाई नै शोषण गरिरहेको अवस्था पनि छ । कलाकार बनाइदिन्छु भन्दै शोषण गर्नेहरु पनि छन् ।

…………………..

केहीले गरेहोलान्, सबैलाई मुछ्न मिल्दैन
लक्ष्मण शेष, अध्यक्ष, संगीतकार संघ, नेपाल 

केही गायिकाले गीत गाउन दिने प्रलोभनमा संगीतकारले यौन दुव्र्यवहार गर्ने गरेको कुरा सार्वजनिक गरे । यसमा संघको धारणा के छ ?
अहिले संघ असाध्यै दुःखी र संवेदनशील अवस्थामा छ । केही खराब संगीतकारका कारण सारा संगीतकारहरु दोषी देखिएको अवस्था छ ।

करिअरलाई नै दाउमा राख्दै हिम्मतसाथ सांगीतिक क्षेत्रको विकृति सार्वजनिक गरेका गायिकाको धारणालाई गम्भीर रुपमा लिनुको साटो संघले उल्टो धम्क्याएको देखियो नि
कसरी ?

तपाईंले संघको प्रतिनिधत्व गर्दै फेसबुकमा हालेको स्टाटस धम्कीपूर्ण थियो, होइन र ?
स्टोरीभरी पीडकको नाम छैन तर मेरो नाम उल्लेख गर्नुभएको छ । मेरो स्टुडियोमा धाउँदा संगीतकारको घिनलाग्दो हर्कत थाहा भएको भनेर लेख्नुभएको छ । यस्तो गर्दा कसको मन दुख्दैन रु म दाबी र गर्वसाथ भन्न सक्छु, मैले अहिलेसम्म कोही गायिकालाई छुन त के त्यस्तो घृणित नजरले हेरेको पनि छैन । अनि मेरो मात्र नाम उल्लेख हुँदा चित्त दुख्दैन होला रु म अहिले पनि भन्छु कोही बदमास छन् भने उनीहरुलाई कारबाही गर्नुपर्छ । बदमास मान्छेलाई यो क्षेत्रमा बस्ने एकरत्ति पनि अधिकार छैन । मैले गलत अभिव्यक्ति सच्याउन आग्रह गरेको हो, गायिकाहरुलाई धम्क्याएको होइन ।

स्टोरीमा तपाईंको स्टुडियोको कुरा छ, तपाईंले दुव्र्यव्यहार गरेको भनेर त लेखिएको छैन नि, तैपनि तपाई किन रिसाएको ?
पीडा दिनेहरुको नाम उल्लेख छैन, मेरो मात्र छ, अनि पीडा हुन्न रु अनावश्यक शंका त हुने भयो नि १ एकपल्ट तपाईं मेरो ठाउँमा बसेर सोच्नुस् त– नचाहिँदो विषयमा आफ्नो नाम जोडिदा कस्तो नमीठो लाग्छ होला ?

त्यसोभए संगीतकार संघको निष्कर्ष के हो, सबै संगीतकार असल मात्रै छन् ?
यहाँ सबै संगीतकार सही हुन्छन् भनेर म भन्न सक्दिन । सबै संगीतकार दुधले नुहाएका हुन्छन् भन्ने पक्षमा म छैन । खराबलाई कानुनी कठघरामा उभ्याउन सकिन्छ । दुव्र्यवहारका विरुद्धमा उभिनु गलत होइन, यो सचेत नागरिकको जिम्मेवारी पनि हो ।

तपाईंले फेसबुकमा राखेको संस्थागत धारणामा लेखिएको छ, ‘हाम्रा विरुद्धमा उभ्याइएका ती निर्दोष चेलीहरुलाई गुरुहरुको श्राप नलागोस् बरु छिट्टै सकरात्मक हुने र अभिव्यक्ति सच्याउने सुझाव दिन चाहन्छौं ।’ के यहाँ सबै संगीतकार–गायिकाको सम्बन्ध गुरुचेलीकै हो त रु

सबै संगीतकार–गायिकाको सम्बन्ध गुरुचेलीकै होला भनेर म दाबी गर्न सक्दिनँ । खराब प्रवृत्तिका मान्छे त जुनसुकै पेसा र समुदायमा हुन्छन् नि १ यत्ति हो त्यसको खुलेर विरोध गर्नुपर्छ । मेरो हकमा गुरुचेलीकै सम्बन्ध हुन्छ ।

सुरको बहानामा हुने दुव्र्यवहारविरुद्ध बोल्ने हिम्मत देखाएका गायिकाहरुलाई संगीतकारहरुले बहिष्कार गर्ने नीति बनाएको सुनिन्छ । यो साँचो हो ?
पुरै गलत हो । ती गायिकाहरु हाम्रा छोरीहरु हुन्, चेलीहरु हुन । म ती गायिकाहरुलाई सम्मानित स्थानका साथ अगाडि आउने वातावरण दिनुपर्छ भन्ने पक्षमा छु । उहाँहरुलाई नआत्तिनुस्, अझ सफल हुनुपर्छ, संघको पूरा समर्थन र साथ हुन्छ भनेर विश्वस्त पार्न चाहन्छु । हामी अब मेची–महाकाली अभियान सुरु गर्दैछौं । बरु त्यो अभियानमा पनि उहाँहरुलाई राम्रो स्थान दिन तयार छौं । तपाईंहरुले हामीले हुर्काएको प्रतिभाहरु हो, फूलहरु हो, हामी सधैँ तपाईंहरुको साथमा हुन्छौं । गायिकाहरुलाई ढुक्क हुन आग्रह गर्छु ।

यो बोली व्यवहारमा लागू भएको सुन्न पाइयोस् !
लक्ष्मण शेषले कहिल्यै झुट बोल्दैन, ढुक्क हुनुस् ।

… …

‘यी गायिकाको हिम्मतलाई पाठका रुपमा लिनुपर्छ’
संगीत श्रोता, संगीतकार

हाम्रो समाजको पितृसतात्मक संरचना र बजार व्यवस्थाले महिलालाई सधैँ वस्तुगत रुपमा व्यवहार गर्छ, मान्छेको रुपमा गर्दैन । त्यसैगरी कुनै पनि कला साहित्यका क्षेत्रमा पुरुष प्रतिभाले महिला प्रतिभामाथि गर्ने व्यवहार वा हेर्ने दृष्टिकोण पितृसत्तात्मक नै हुने गरेको छ । त्यसैले यो घटना नौलो होइन किनभने अरुतिर पनि यस्तो भइरहेको छ । पुरुषले महिलालाई त्यस्तै व्यवहार गर्दै आएको देखिदैसुनिदै आएको छ । सुरका बहानामा हुने दुव्र्यवहार पनि हाम्रो देशमा भइरहेका हिंसा, बलात्कार आदि घटनाकै कडी हो ।

सिनेमा, संगीत, साहित्यजस्ता क्षेत्रमा भइरहेका महिलामाथिको दुव्र्यवहार घटना सामान्यतः बाहिर आउने गरेको पाइँदैन । त्यसैले शुक्रबारमार्फत् गायिकाहरुले जसरी बोले त्यो वास्तवमै जोखिम, साहस र आँटिलो कदम हो । यस्तो समस्या संगीत क्षेत्रमा मात्रै नभएर अरु क्षेत्रमा पनि छ । त्यसैले संगीत जगत्बाट यसरी आवाज उठ्दा सिनेमा, साहित्य, राजनीति लगायत सामाजिक जीवनसँग सम्बन्धित अभियन्ता र अधिकारकर्मीको पनि ध्यानाकर्षण हुन जरुरी छ ।
गायिकाहरुको यो हिम्मतिलो कदमपछि संगीतकर्मी जो समाजप्रति उत्तरदायी छन्, मान्छेहरुबीच भएको विभेदको अन्त्य गर्न चाहन्छन्, उनीहरुले यस्ता घटनालाई पाठका रुपमा लिनुपर्छ ।

………………………………

‘ती गायिकाको हिम्मतलाई सलाम’
राजेशपायल राई, गायक
स्टोरी पढेर म चकित भएँ । सायद म पुरुष भएर होला त्यस्तो दुव्र्यवहार झेल्नु परेको छैन । यदि यस्तो फोहोरी संस्कार कसैले राख्दैछ या संगीतजस्तो पवित्र विधालाई बदनाम गर्दैछ भने उसलाई हदैसम्मको कारबाही हुनुपर्छ  । यस्तो गर्नेहरु संगीतकार होइनन्, संगीतको नाममा कलंक हुन् ।

………………………………

भीम बिसी, संगीतकार
सबै संगीतकार गलत छैनन्, गायक–गायिकाको मर्म र क्षमता बुझ्नेहरु पनि छन् । तर जो गलत छन् उनीहरुका कारण समग्र सांगीतिक क्षेत्रको बेइज्जत भइरहेको छ । एउटा कुरा के भुल्नु हुन्न भने संगीतकारको गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनु र विरोध गर्न पाउनु गायक–गायिकाको अधिकार हो । गायिकाहरुले यति गम्भीर विषय उठाएपछि यसमा सबैको ध्यानाकर्षण हुन जरुरी छ ।

………………………………

रजिना रिमाल, गायिका
अवसर दिने भन्दै यौन दुव्र्यवहार हुन्छ भन्ने मैले पनि धेरै सुनेको हो । यस मामिलामा म लक्की रहेँछु । सधैँ परिवारको साथ रहिरह्यो । ड्याडी मेरो लागि ब्याकबोन हुनुभयो । आफूले दुव्र्यवहार भोग्नपरेन । तर अरूको कुरा जब सुन्छु दुःख लाग्छ । डराउनु, चुप बस्नु भनेको समस्याको समाधान हैन । यस्तो कुरामा तत्काल एक्सन लिनुपर्छ ।

………………………………

दीपक शर्मा,संगीतकार
यसबारे संगीतकार संघको गम्भीर ध्यानाकर्षण हुनैपर्छ । छानबिन गरेर दोषीमाथि कारबाही गरोस् । सबै संगीतकार यस्ता हुँदैनन् भन्ने प्रमाणित गरोस् । अनि जो पीडित भएका छन् उनीहरुले पनि खुलेर विरोध गर्ने बानीको विकास गर्न आवश्यक छ ।

………………………………

जिना रसाइली,गायिका
हरेक महिला र नयाँ कलाकारले भोग्नु पर्ने पीडा हो यो । कोहीले खुलेर विरोध गर्छन्, कोही अवसर गुमाउने डरमा सहेर बस्छन् । यसले गर्दा झन् गलत गर्नेहरु प्रोत्साहित हुन्छन् । प्रतिभा भएका कलाकारको कलाको सम्मान गरौं । यस्तो कामको खुलेर विरोध गरौं ।

………………………………

टीका प्रसाईं, गायिका
यौन दुव्र्यवहार कलाकारमा मात्र नभई यो सबै क्षेत्रको समस्या हो । राम्रो काममा लगाई दिने, प्रमोसन गरिदिने, करिअर सेट गरिदिने प्रलोभनमा हुने शारीरिक र मानसिक शोषण दैनिक सुन्ने देख्ने गरेका छौं । सर्टकर्ट बाटो अपनाउन खोज्दा शोषणमा परिन्छ । यस्ता शोषण अपरिचितभन्दा परिचितबाट भएको प्रशस्त उदाहरण देखेका, सुनेका छौं । अहिलेसम्म प्रत्यक्ष कसैले यो गर्दिन्छु, त्यो गर्दिन्छु, मलाई भेट्न आउ भनेको छैन तर भविष्यमा यस्तो समस्या नपर्ला भन्न सकिन्न ।  अरू क्षेत्रमा जस्तै नेपाली सांगीतिक क्षेत्रमा पनि महिलामाथि शोषण र दुव्र्यवहार गर्ने पवृत्तिका व्यक्तिहरु नभएका होइनन् । यस्ता केही व्यक्तिले गर्दा असल र राम्रा व्यक्तिलाई पनि असर परिरहेको छ ।

………………………………

निलम रोजु राईं, संगीतकार
गायिकामाथि पुरुष संगीतकारले दुव्र्यवहार गर्ने गरेको खबर पढ्दा दुःख लाग्यो । संगीतकारहरुको त्यस्तो घृणित हर्कतविरुद्ध बोल्ने साहस गरेका गायिकालाई सम्मान गर्नैपर्छ । तर अब यतिले मात्रै पुग्दैन । त्यस्ता संगीतकारलाई ठाउँको ठाउँ प्रतिकार गर्नुपर्छ । यस्ता संगीतकारबाट जोगिएर हिँड्नुपर्छ । अर्को दुःखलाग्दो कुरा के छ भने हाम्रो संगीतजगत्मा महिला संगीतकारको अभाव छ । त्यसैले गायिकाहरु पुरुष संगीतकारकै शरणमा पुग्नुपर्ने बाध्यता छ ।

………………………………

चिरन्जीवी भण्डारी, गायकरसंगीतकार
केही संगीतकारले यौन दुव्र्यवहार गरे भन्दैमा सबै त्यस्ता हुँदैनन् । तर खराब पनि छैनन् भन्न मिल्दैन । जो कोही संगीतकारले कुनै गायिकामाथि यौन दुव्र्यवहार गर्न खोज्छ भने त्यसको प्रतिकार गर्नु गायिकाको अधिकार  हो । गायिकाले पनि यदि आफूसँग ट्यालेन्ट छ भने कसैसँग सम्झौता गर्न आवश्यक छैन । जे होस्, हिम्मतसाथ आफूमाथि भएको दुव्र्यवहार सार्वजनिक गरेका गायिकालाई मेरो सलाम ।

………………………………

तारा लक्सम, गायकरसंगीतकार
सांगीतिक क्षेत्रमा भइरहेको यौन दुव्र्यवहारबारे समाचार पढ्दा खुसी लाग्यो । गायिकाको हिम्मतको सम्मान गर्नैपर्छ । गायिकाले हिम्मतसाथ राखेका कुरा केही हदसम्म साँचो नै हो । नाम भन्दिएको भए अझ गज्जब हुन्थ्यो र ती फटाहा संगीतकारले गल्ती महसुस गर्थे । शुक्रबारले यस्तो विषयलाई उठाएर गरेको सुरुवातले निरन्तरता पाउनुपर्छ ।

………………………………

स्मृति पोखरेल, गायिका
दुव्र्यवहार व्यक्तिमा भर पर्छ । यदि तपाईं आफ्नै पैसा खर्च गरेर गीत निकाल्दै हुनुहुन्छ भने दुव्र्यवहारमा पर्नुहुन्न । तर यदि तपाईंलाई अरू कसैले नै लगानी गरिदिँदैछ भने तपाईं पीडित हुन सक्नुहुन्छ । मैले यो विषयमा धेरै सुनेको छु । अहिलेसम्म प्रायः मेरा अधिकांश आफ्नै लगानीमा गरेको हुनाले शोषण भोग्नुपरेको छैन ।

………………………………

सत्यराज आचार्य, गायक
केही संगीतकारहरु त्यस्तो होलान् पनि तर सबैलाई मुछ्न मिल्दैन । आफू अघि आउन जे गर्न पनि तयार हुने कोही–कोही गायिका पनि त होलान् नि रु त्यसैले यस्तो हो भने पनि संगीतकारलाई मात्रै दोष दिन मिल्दैन ।

………………………………

बबिना किराती,गायिका
नयाँ गायिकालाई विभिन्न अवसर दिने, नयाँ गीतहरु रेकर्डिङ गराइदिने आदि प्रलोभनमा पारेर संगीतकारहरुले यौन दुव्र्यवहार गर्ने गरेको कुरा मैले पनि धेरै सुनेकी छु । त्यसैले यस्ता कुराबाट टाढा रहन कोसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा गायिका नै सजग हुन जरुरी छ । यहाँ सबै संगीतकार त्यस्तो हुँदैनन् ।

………………………………

अजय अधिकारी सुशील, गायकरसंगीतकाररगीतकार
खोई के भनौं रु सुन्दै नरमाइलो लाग्यो । यस्ता कुरा खासमा हुन नहुने हुन्, तर हुन्छन् । यस्तो हुन नदिन सबै अत्यन्त धेरै सचेत र सजग हुनुपर्छ ।

………………………………

अनिता चलाउने, गायिका
हरेक गायिकालाई सबै संगीतकारले एउटै व्यवहार गर्छन् भन्ने हुँदैन । सबै संगीतकार व्यभिचारी हुन्छन् भन्ने आशय व्यक्त गर्नु पनि गलत हो । मनोरञ्जनको क्षेत्र समुद्र हो, जसरी समुद्रमा विविधता हुन्छ त्यस्तै सांगीतिक जगतमा पनि विविध खाले मान्छे हुन्छन् । आफूले कस्तो मान्छेको संगत गर्ने र कस्तोको नगर्ने भन्ने कुरा आफ्नो विवेकले निर्धारण गर्नुपर्छ । केही गायिका खुल्नुभयो, आफूले भोगेको कुरा मिडियामा भन्नुभयो यो राम्रो हो । उहाँहरुले यसरी आवाज नउठाउनुभएको भए गलत आशय राख्ने व्यक्तिको मनोबल झन् बढ्थ्यो । तर अब हेप्ने सम्भावना नरहला । अझ भन्नुपर्दा सामाजिक सञ्जालमा गायिकाहरु नै बढी आलोचनाको सिकार भएको देख्न पाइन्छ । जोमाथि दुव्र्यवहार भएको हो उही आलोचित हुनुपर्ने कस्तो परिस्थिति हो यो रु

………………………………

सिर्जना खत्री (हाउडे माया), गायिका
म ती गायिकाको हिम्मतलाई सम्मान गर्छु । गीतसंगीतको क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा महिलाले आफूभन्दा सिनियर पुरुषबाट यस्तो हर्कतको सामना गर्नुपरेको सुनेको छु । दोषीमाथि कारबाही हुनुप¥यो नत्र भोलि पनि यही हर्कत नदोहोरिएला भन्न सकिन्न । अहिले यो विषयले सांगीतिक क्षेत्र हल्लिएको छ । यसको असर निर्दोष संगीतकारमाथि नपरोस् ।

………………………………

लिना रेग्मी, अध्यक्ष, विन्ध्यवासिनी म्युजिक प्रालि
संगीतक्षेत्र धुमिल नै छ, यो सबैलाई थाहा भएको कुरा हो । अरूले काने खुसी गर्छन्, गायिकाहरुले प्रस्ट भन्दिए । गायिकाहरुको अभिव्यक्तिले समाजमा भएका र रहेका यथार्थ चित्रण गरेको छ । विविध कारणले बोल्न नसकेका सयौं आवाजविहीन युवतीहरुको आवाज बोलेको जस्तो लाग्यो । ती सबै अवाक पीडाको र पीडितको प्रतिनिधित्व गर्दछन् । म पहिले एक महिला भएर र दोस्रो यसै क्षेत्रसँग सम्बन्धित एक व्यक्तिको हैसियतले यो हिम्मतको सलाम गर्छु ।  संगीत क्षेत्रको यो मैला सफा गर्न अत्यावश्यक छ । यसको सुरुवात भएकोमा म खुसी छु । गलतलाई गलत भन्न सक्ने मुटुको मेरो कर्म क्षेत्रमा आगमन भएको छ । आफ्नो स्वाभिमानलाई ठाडो शिरमा राखेर अघि बढ्न म गायिकालाई अनुरोध गर्छु । यस्तो अभिव्यक्तिले अरू कसैलाई  दलदलबाट बचाउन सक्छ र ती सम्पूर्ण कुकृत्य गर्नेहरूको मनमा ढ्यांग्रो ठोक्छ ।

दुर्व्यवहारविरुद्ध अमेरिकी आवाज
अमेरिकामा ठूला कम्पनीमा हुने यौन दुव्र्यवहारबारे मुख खोल्न थालेको धेरै भएको छैन । हलिउडमा हुने यौन दुव्र्यवहार ‘ओपन सेक्रेट’का रुपमा सबैलाई थाहा भएकै थियो । त्यहाँ पनि कसैले मुख खोल्ने आँट गरेका थिएनन् । आँट गरे, हलिउड बाहिरका महिलाले । प्रविधि क्षेत्रका महिलाहरूले मुख खोल्न थालेपछि भटाभट अरुले पनि आँट गर्न थाले । फलस्वरुप टाइम्सअप र मिटू ह्यासट्यागले फेसबुक र ट्वीटर रंगीन थाल्यो । कसरी भएको थियो सुरुवात ?

२०७४ माघ
कम्प्युटर इन्जिनियर सुसन फोलरले आफ्नो ब्लग पोस्टमा उबर ९ट्याक्सी मगाउने सफ्टवेयर कम्पनी०मा काम गर्दा ताका झेल्नु परेको यौन दुव्र्यवहारका बारेमा टिप्पणी गरेकी थिइन् । यस आलेखको असर के भयो भने तत्काल उबर कम्पनीको मोबाइल एप प्रयोग गरिरहेका अधिकांशले एप मेटाउन र सो ट्याक्सी प्रयोग नगर्न अभियान नै सुरु गर्न थाले । एउटा ठूलो तप्का नै उबर एप मेटाउन थालेपछि कम्पनीका केही कार्यकारीमाथि दबाब पर्न थाल्यो ।

२०७४ असार
महिला कामदारमाथि यौन उत्पीडन गरेको आरोप लागेपछि उबर कम्पनीमा ठूलो रकम लगानी गरेका लगानीकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत ट्रभिस कलनिकलाई राजिनामा दिलाउन बाध्य पारे । यसको असर के भयो भने ठूला र राम्रो आम्दानी दिने कम्पनीमा लगानी गर्ने भेन्चर क्यापिटल बिनारी क्यापिटलका लगानीकर्ता जस्टिन काल्डबेकमाथि पनि सोही किसिमको आरोप लागेपछि आफैँले स्थापना गरेको कम्पनीबाट राजिनामा दिनुप¥यो । उनीमाथि पनि केही महिला व्यवसायीहरूले यौन उत्पीडनको मामिलामा उनलाई मुछेका थिए ।

२०७४ साउन
प्रविधि कम्पनीमा लगानी गर्ने लोअरकेस क्यापिटल लगानीकर्ताहरू डेभ म्याक्लर र क्रिस साका पनि स्त्रीहरूप्रति हुरुक्क हुने र तिनलाई शोषण गर्ने गरेको खबर न्युयोर्क टाइम्सले कैयौँ महिला कामदारहरूले आरोप लगाएको प्रकाशित गरेलगत्तै कम्पनीबाट राजिनामा दिएका थिए ।

२०७४ असोज
गुगलमा काम गरेका पूर्व महिला इन्जियिनरहरूले महिला भएकै कारण त्यहाँ आफूहरू शोषित भएको, कम तलब पाउने गरेको आरोप लगाएर अदालतमा मुद्दा हालेका थिए । मुद्दा जितेपछि यसैको प्रेरणा लिई उबर कम्पनीमा पहिले काम गरिरहेका र कम तलब पाएका महिला इन्जिनियरहरूले यसलगत्तै मुद्दा हालेका थिए ।

२०७४ कात्तिक
अमेरिकी फिल्म निर्माता हार्भे विन्स्टिनले कैयौँ महिला फिल्म कलाकार तथा प्राविधिकहरूमाथि यौन दुव्र्यवहार गरेको खबर न्युयोर्क टाइम्सले छापेपछि यसले मिटू अभियान सुरु गराएको थियो । अमेजन कम्पनीका कार्यकारी रोय प्राइसले आफूमाथि दुव्र्यवहारको आरोप लागेपछि कम्पनीको पदबाट राजिनामा दिएका थिए ।

२०७४ मंसिर
नयाँ कम्पनीहरूमा लगानी गर्ने भेन्चर क्यापिटलिस्ट स्टिभ जर्भेस्टनले आफैँले स्थापना गरेको कम्पनी ड्रापर फिसर जर्भेस्टनबाट राजिनामा दिनुप¥यो । उनलाई पनि उनकै कम्पनीमा काम गरेका महिलाहरूले दुव्र्यवहारको आरोप लगाएका थिए । यस आरोपलाई स्टिभले अस्वीकार गर्दै आएका छन् ।

२०७४ पुस
सेर्पा क्यापिटलका लगानीकर्ता सेर्भिन पिसेवरले आफ्नै कम्पनीबाट राजिनामा दिनुप¥यो । उनले सो आरोपलाई अस्वीकार गर्दै आएका छन् । यसै अवधिमा फेसबुककी प्रमुख फानान्सियल अफिसर सेरिल स्यान्डबर्गले कसरी ‘ठूलाबडा’ले आफू सानै उमेरमा कम्पनीमा जागिर खान छिर्दा ‘अनावश्यक ढंग’ले छोएर ‘उपदेश’ दिने गर्थे भनी टिप्पणी गरेकी थिइन् ।

शुक्रवार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७