कर्ण शाक्यको ‘हाम्रो नेता यस्तो होस्’ बजारमा


१२ चैत्र २०७४, सोमबार
karna sakya

काठमाडौँ, १२ चैत । पर्यटन व्यवसायी कर्ण शाक्यले लेखेका ‘हाम्रो नेता यस्तो होस्’ नामक कृति बजारमा आएको छ ।karna sakya

मुलुकमा प्रजातन्त्र आएको करीब सात दशक भए पनि राजनीतिक अधिकार सबै जनताले उपयोग गर्न नसकेको, जनताको जीवनस्तर सुधार हुन नसकेको, नेताहरु नसुध्रेको र चुनावमा राम्रो नेता निर्वाचित गर्न नसक्नु जनताको कमजोरी रहेकोजस्ता विषयलाई शाक्यले लिपिबद्ध गरकाे छन् ।

कृतिमा नेपाली र अंग्रेजी भाषामा विभिन्न व्यक्तित्वकोसन्देशमूलक भनाइ समावेश गरिएको छ । यहाँ आज आयोजित कार्यक्रमम नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संयुक्त रुपमा कृतिको विमोचन गरे ।

सो अवसरमा नेता शाक्यले विविधताले भरिएको नेपाली समाजका विभिन्न संस्कृतिभित्र विकृति आउन थालेकामा चिन्ता व्यक्त गर्दै कृतिले नेपाली समाजलाई अनुशासित र मर्यादित बनाउन नेतृत्व वर्गलाई प्रेरणा दिने बताए ।

नेता थापाले समाज परिवर्तनका लागि क्रियाशील नेताहरुले सिक्नुपर्ने महत्वपूर्ण अनुभव र सन्देश पुस्तकमा रहेको विचार राखे । पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले कामको प्रभावकारितालाई उमेरले नछेक्ने सन्देश शाक्यले कृतिमार्फत दिएको बताए।

लेखक शाक्यले मुलुकमा विभिन्न स्रोत र साधन पर्याप्त भए पनि त्यसलाईसदुपयोग गर्न नसकेका कारण देश विकास हुन नसकेको विचार व्यक्त गरे ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७