‘द भ्वाइस अफ नेपाल’ कान्तिपुर टेलिभिजनमा हुने


१७ चैत्र २०७४, शनिबार
the voice of nepal

काठमाडाैं, १७ । गायन प्रतिभा खोज्ने नयाँ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । यो शो प्रशारणका लागि एचडी टेलिभिजन नै आवश्यक पर्ने भएकाले कान्तिपुरलाई रोजिएको हो ।the voice of nepal

एएनसी प्रोडक्शन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । असारबाट प्रशारण हुने भनिएतापनि विश्वकप फुटबलका कारण यो शो साउनबाट प्रशारण हुने भएको हो ।

‘द भ्वाइस अफ नेपाल’को विजेतालाई ‘भ्वाइस अफ नेसन’घोषणा गरिनेछ । उक्त रियालिटी शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् भने सुशील नेपालले होस्ट गर्नेछन् । शोमा कोचका रूपमा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनेछन् । उनीहरुले गायकहरुलाई मेन्टरिड गर्ने पनि आयोजकले जनाएको छ ।

विजेताले २५ लाख नगद, कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा भाग लिन मोबाइल एपमार्फत् आफ्नो आवाज रेकर्ड गराएर पठाए पुग्ने भन्दै आयोजकले अन्य प्रतियोगितामा जस्तै लाइन बसेर अडिसन दिनु नपर्ने जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७