फान अवार्डमा सृजना सुब्बा र विपिन अधिकारी उत्कृष्ट (सुचीसहित)


१७ चैत्र २०७४, शनिबार
Srijana subba and bipin karki

काठमाडौं, १७ चैत्र । ‘दोस्रो फान अवार्डमा’ सृजना सुब्बा र विपिन अधिकारी उत्कृष्ट ठहरिएका छन् । नेपाल चलचित्र कलाकार संघले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको अवार्ड समारोहमा अभिनेत्री तर्फ ‘डाइङ क्याण्डल’ बाट सृजना सुब्बा र अभिनेताको अवार्ड फिल्म ‘जात्रा’ बाट विपिन कार्कीलाई प्रदान गरियो । Srijana subba and bipin karki

यसैगरी कार्यक्रममा वरिष्ठ फिल्मकर्मी निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको अवार्ड समारोहमा सञ्चारकर्मीद्वाय धु्रव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मानबाट सम्मान गरियो ।

 

Fan award 4

यस्तै नायक प्रदीप खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाहलाई वर्षको लोकप्रिय नायक तथा नायिकाको अवार्ड दिइयो ।
फिल्म छक्का पञ्जाले सर्वा्धिक विधामा अवार्ड उचाल्यो । फिल्म सहित नव निर्देशक, संगीतकार, पटकथा, संवाद, नृत्य निर्देशक, खलपात्र, हाँस्य कलाकार, सह अभिनेता गरी ९ विधामा ‘छक्का पञ्जा’ले फान अवार्ड ०७३ उचाल्यो । यस्तै उत्कृष्ट निर्देशकमा गाजलु फिल्मबाट हेमराज विसी घोषित भए ।

अवार्ड समारोहमा कलाकारहरुको भने न्यून उपस्थिती रहेको थियो । समारोहमा नायिका करिश्मा मानन्धर, गौरी मल्ल, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, श्रृजना सुब्बा लगायत देखिए ।  निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार हरिवंश आचार्य, नायक भूवन केसी, नाजिर हुसेन, आकाश श्रेष्ठ लगायत अवार्ड समारोहमा पुगे  ।

समारोहमा हाँस्य कलाकार जोडी सिताराम कट्टेल,  कुञ्जना घिमिरे, केदार घिमिरे  पुगेका थिए । यस्तै, कलाकार सुनिल थापा, विल्सन विक्रम राई पनि अवार्ड समारोहमा पुगे ।

Pm Kp oli and samragee rajyalaxmi shah

 

कलार्इ कुन अवार्ड ?

उत्कृष्ट कथा  : जात्रा
उत्कृष्ट पटकथा : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्म : छक्का पञ्जा
उत्कृष्ट निर्देशक : हेमराज बिसी, गाजलु
उत्कृष्ट  अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्री : सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशक : दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायक : आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्री : सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेता : जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट सह अभिनेत्री : बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेता : सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्री : गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्र : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवाद : दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशक : एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादन : मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकन : रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकार : डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायक : कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिका : मीना निरौला, लुट २
उत्कृष्ट संगीतकार : राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज, छक्क पञ्जा

चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ  : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ भएको भन्दै  आफ्नो प्राकृतिक सुन्दरतालाई छायाङ्कन गरेर विश्वभर फैलाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका कलाकारसँग आफूले पनि अन्तर्क्रया गर्ने समेत बताए ।

KP oli primenibistre

उनले भारतका कलाकारलाई नेपाल बोलाएर यहाँका कलाकारसँग अन्तर्क्रिया गराउने योजना पनि सुनाए ।
यस्तै उनले कलाकारले ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने बताए । ‘देश र समयले मागे अनुसार कथा बनाउनुहोस्, कथाले मागे जस्तो अभिनय गर्नुहोस,’ उनले भने, ‘कलाकारले मागेजस्तो सरकारले गच्छे अनुसार सहयोग गर्छ’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७