शेरबहादुर देउवा हङकङ आउने


१८ चैत्र २०७४, आईतवार
sher bahadur

हङकङ, १८ चैत्र । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसको पार्टी सभापति शेरबहादुर देउवा हङकङ आउने भएका छन् । नेता देउवा नेपाली जनसम्पर्क समिति हङकङले आफ्नो स्थापनाकालको २२औं वार्षिक उत्सव तथा विश्व जनसम्पर्क समिति स्थापना दिवसमा हुने कार्यक्रमका लागि हङकङ आउन लागेको हो ।

sher bahadur
फाइल तस्बिर ।

हङकङ, १८ चैत्र । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसको पार्टी सभापति शेर बहादुर देउवा हङकङ आउने भएका छन् । नेता देउवा नेपाली जनसम्पर्क समिति हङकङले आफ्नो स्थापनाकालको २२औं वार्षिक उत्सव तथा विश्व जनसम्पर्क समिति स्थापना दिवसमा हुने कार्यक्रमका लागि हङकङ आउन लागेको हो ।

समिति अहिले कार्यक्रमको भव्य तयारी गरिहेको नेपाली जनसम्पर्क समिति हङकङका सभापति जगत् शाहले जानकारी दिए । उनका अनुसार विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाउने तयारी गरिएको हो ।

कार्यक्रममा देउवासँगै आरजु देउवा, पूर्व रक्षामन्त्री तथा पार्टी सचेतक बालकृष्ण खाँड, सांसद महेन्द्र कुमारी लिम्बु पनि हङकङ आउने भएका छन् ।

अगामी अप्रिल ८ मा हङकङको इण्डियना क्लबको सभा हलमा कार्यक्रम हुनेछ । हङकङमा हाल स्थापित र सक्रिय सम्पूर्ण सङ्घ संस्था तथा राजनीतिक सस्थाहरु मध्य सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्ताको रूपमा नेपाली जनसम्पर्क समिति रहेको छ ।

नेपाली जनसम्पर्क समिति ईश्वि सम्बत १९९६ सालमा स्थापना भएको हो । अध्यन,व्यापार तथा रोजगारीका सिलसिलामा हङकङमा आएका नेपालीहरूलाई आई पर्ने विभिन्न दुःख र समस्या समाधान गर्न सम्बन्धित निकाय र सम्बन्धित व्यक्तिलाई जानकारी सूचना उपलब्ध गराउनका निमित्त सहयोगी भूमिका र समन्वयन गर्दे आएको छ ।sherbahadur deuwa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७