बालकुमारी क्लबको अध्यक्षमा कुँवर


१८ चैत्र २०७४, आईतवार
balkumari

ललितपुर, १८ चैत । भैसेपाटीस्थित श्री बालकुमारी सृजना क्लबको अध्यक्षमा शालिकराम कुँवर निर्वाचित भएका छन् । शनिबार सम्पन्न तेस्रो साधारणसभाले उहाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

balkumari

कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र थापा, महासचिवमा किशोरकुमार कुँवर, सचिवमा पुष्कर केसी र कोषाध्यक्षमा दीपक थापामगर निर्वाचित भएका छन् ।
सदस्यहरुमा श्रीकृष्ण थापा, राजकुमार कुँवर, रामचन्द्र थापा, पुरुषोत्तम थापा, राजेश थापामगर र रवि थापा निर्वाचित भएका छन् । पदाधिकारी निर्विरोध भए पनि कार्यसमितिका सदस्यको पदमा निर्वाचन भएको थियो । कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ । साधारणसभाको उद्घाटन ललितपुर महानगरपालिका–१८ का वडा सदस्य गोपाल डंगोलले गरेका थिए । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि डंगोलले स्थानीय क्षेत्र विकासमा क्लबको भूमिका महत्वपुर्ण रहेको बताएका थिए । उनले वडा कार्यलय र क्लबबीचको सहकार्यबाट थुप्रै योजना कार्यान्वयन गर्न सकिने जानकारी दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं सामाजसेवी माधव खड्का, समाजसेवी दामोदर खड्का, बालकुमारी सभा भवनका अध्यक्ष इन्द्रलाल महर्जन लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष शालिकराम कुँवरले क्लबको भावी योजनाको विषयमा जानकारी गराएका थिए । क्लबका महासचिव किशोरकुमार कुँवर र कोषाध्यक्ष दीपक थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७